Ad imageAd image

अमेरिकासँग वार्ताका लागि चीनले तेर्स्यायो शर्त

खबर खुराक
खबर खुराक १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

चीनले अमेरिकासँग जदवायु सम्बन्धी विषयमा सहकार्यका लागि पहिला अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणले पुर्‍याएको क्षतिका बारेमा सम्बोधन गर्नुपर्ने चिनियाँ कूटनीतिकर्मीहरूले बताएका छन् ।

‘अमेरिकी पक्षले पलोसी ताइवानमा आएर छोडेको नकारात्मक प्रभावलाई हटाउनुपर्छ,’ परराष्ट्र मन्त्रालयले बुधवार बयान जारी गरेर जनायो । ‘चीन–अमेरिका जलवायु परिवर्तन सहकार्यका लागि यो अपरिहार्य शर्त हो ।’

अमेरिकी सरकारका जलवायु परिवर्तन विशेषदूत जोन केरीले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा कोप२७ जलवायु सम्मेलनअगावै चीनसँग वार्ता शुरू गर्ने आशा व्यक्त गरेपछि चिनियाँहरूको बयान आएको हो ।

अमेरिकासँग जलवायु सम्बन्ध तोडेर चीनले संसारलाई सजाय दिइरहेको दाकी केरीले गरेका थिए । हरितगृह ग्यास उत्सर्जन गर्ने संसारका सबभन्दा ठूला दुई मुलुकबीचको सहकार्य तोडिँदा विश्व नै प्रभावित भएको छ । बेइजिङ जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागी भइरहने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

- Advertisement -
Ad image

तर पलोसीको विवादास्पद भ्रमणले चीनको सार्वभौमसत्ताको अवमूल्यन गरेको अनि चीन–अमेरिका सम्बन्ध बिगारेको तथा ताइपेइका पृथक्तावादीहरूलाई प्रोत्साहन गरेको बेइजिङको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्