यी हुन् डेंगी संक्रमण उच्च भएका १० जिल्ला

Khabar Khurak
Khabar Khurak १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । यो वर्ष नेपालमा डेंगी संक्रमण प्रकोपकै रूपमा फैलिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष गएको जुनयता तीन हजार २२७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । हालसम्म ६८ जिल्लामा संक्रमण फैलिइसकेको छ ।

तीमध्ये १० जिल्लामा उच्च संक्रमण देखिएको छ । ललितपुरमा सबैभन्दा धेरै एक हजार १८० जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं, रुपन्देही, भक्तपुर, तेह्रथुम धादिङ, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँची गरी  हाल १० जिल्लामा दुई हजार ६०५ जना संक्रमित छन् । यीमध्ये अगस्टमा मात्र दुई हजार ११९ जनामा डेंगी पुष्टि भएको महाशाखाको तथ्यांक छ ।

नेपालमा सन् २०१९ पछि यो वर्ष डेंगी प्रकोपका रूपमा देखिएको हो । चिकित्सकका अनुसार डेंगीबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट जोगिनु नै हो । बिहान–बेलुका पूरा बाहुला भएको कपडा लगाउन, झुल टाँगेर सुत्न, झ्यालढोकामा जाली लगाउन र घर वरिपरि पानी जम्न नदिन तथा सरसफाइमा ध्यान दिन विज्ञहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्