६ वटा प्रश्नको जवाफ सकेर १९ गतेसम्म स्थगित भयो चोलेन्द्रको बयान

Khabar Khurak
Khabar Khurak १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमान्डौं , सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले महाभियोग सिफारिस समितिमा ६ वटा प्रश्नको जवाफ दिएका छन् । संसद सचिवालय सिंहदरबारमा बिहीवार बसेको बैठकमा चोलेन्द्रले आज दुईवटा प्रश्नको जवाफ सकेका छन् । भदौ १९ गते ११ बजेसम्मको लागि बैठक स्थगित भएको समितिको सभापतित्व गरेका रामबहादुर विष्टले जानकारी दिए ।

प्रधानन्यायाधीशको कार्यक्षमता, न्यायिक मूल्य मान्यता समाप्त गरेको भन्ने आरोपको जवाफ जबराले दिएका छन् । बुधवार पहिलो दिनको बयानका क्रममा चोलेन्द्रले राजनीतिक दलका नेतादेखि सर्वोच्चका न्यायाधीश र वरिष्ठ अधिवक्तासम्मको पोल खोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्