Ad imageAd image

भारी वर्षाको सम्भावना अझै टरेको छैन

खबर खुराक
खबर खुराक १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa
Julia Sudnitskaya/Getty Images

काठमाडौं । देशका केही भू–भागमा अबका तीन दिन भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो वर्षको मनसुन सकिन अझै एक महिना बाँकी छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । “अहिले मनसुन सक्रिय नै छ । अघिल्ला वर्षहरूमा जुलाई र अगस्टमा भारी वर्षा भएको देखिन्छ,” उनले भने ।

यो वर्षको मनसुन सकिन अझै एक महिना बाँकी रहेकाले भारी वर्षाको सम्भावना नटरेको उनले बताए । उनका अनुसार यो निरन्तर चलिरहने प्रक्रिया हो ।

कहिले ढिलो र कहिले छिटो भारी वर्षा हुने प्रक्रिया स्वाभाविक मानिएको महाशाखाले जनाएको छ ।

- Advertisement -
Ad image

महाशाखाका अनुसार अहिले न्यूनचापीय रेखा नेपालको हिमाली भूभागतर्फ रहेकाले सोही क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ । सेप्टेम्बरमा हुने भारी वर्षालाई पनि सामान्य रूपमा लिनुपर्ने मौसमविद् अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्