केजरीवाल सरकारले जित्यो विश्वासको मत

खबर खुराक
खबर खुराक १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

दिल्ली विधानसभामा प्रस्ताव पेश भएको तीन दिनपछि बिहीबार केजरीवाल सरकारले विश्वासको मत जितेको छ। सरकारको समर्थनमा ५८ मत खसेको थियो भने भाजपा मतदान प्रक्रियाबाट बाहिरिएको थियो । ७० सिट भएको दिल्ली विधानसभामा आम आदमी पार्टीका ६२ र भाजपाका ८ विधायक छन्।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार विधानसभामा विश्वासको प्रस्ताव पेस गर्दै भारतीय जनता पार्टीमाथि कयौँ गम्भीर आरोप लगाएका थिए । केन्द्रको भाजपा सरकारले राज्यका सरकार ढाल्न हजारौँ करोड रुपैयाँ खर्च गरेको कारण देशमा पेट्रोल र डिजेलको महँगो भएको केजरीवालले दाबी गरेका थिए ।

विश्वास प्रस्ताव पेस गर्दै दिल्लीका मुख्यमन्त्री केजरीवालले आम आदमी पार्टीका एक–एक विधायक र मन्त्री कट्टर इमानदार रहेको देखाउन यसको आवश्यकता परेको जानकारी समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्