सिद्धार्थ राजमार्गमा अवरुद्ध, खुलाउने प्रयास जारी

खबर खुराक
खबर खुराक १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

पाल्पा, सिद्धार्थ राजमार्ग पुन: अवरुद्ध भएको छ। गएरातिदेखी अवरुद्ध भएको हो। तानसेन-बुटवल सडकखण्डअन्तर्गत हिउँदेखोलामा माथीबाट लेदोसहितको पहिरो खसेको छ। भने राजमार्गनै भासिएका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनकाअनुसार अहिले राजमार्ग पूर्णरूपमा बन्द छ। मोटरसाइकल समेत चल्न सक्ने अवस्था छैन। अहिले पहिरो पन्छाउने काम भइरहेको छ। यहाँ वैकल्पिक सडक बनाउनु परेको थियो। वैकल्पिक सडक पनि पहिरोले अवरुद्ध भएको हो। पहिरो पन्छाएपछि साना गाडी आवतजावत भएपनि ठूला सवारी साधन भने चल्न सक्ने छैनन्।

बिहिबार दिउँसो साढे ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो। वैकल्पिक सडक निर्माण गरिएको थियो। केही समय एकतर्फी सुचारु भएपनि अविरल वर्षाका कारण फेरि पहिरो झरेको छ। भने राजमार्गसमेत भासिएको छ। पानी परिरहेएकाले पहिरो पन्छाउन समस्या भइरहेको थापाले बताए। कतिबेला सुचारु हुन्छ भन्नेबारे यकिन छैन। कयौं सवारी साधन रोकिएका छन्। टाढा टाढा पुग्ने सयौं यात्रु बिच बाटोमै अलपत्र परेका छन्। बिरामी बोकेका एम्बुलेन्स समेत बिच बाटोमै रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्