काठमाडौं । कक्षा १२ को परीक्षाफल शुक्रवार प्रकाशन गरिएको छ । शुक्रवार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।
यसवर्ष ग्रेडिङ पद्धतिअनुसार परीक्षाफल प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।
यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।
यसअघि भदौ १३ गते परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएपछि अन्तिम समयमा स्थगित भएको थियो । केही प्राविधिक काम बाँकी रहेकाले परीक्षाफल प्रकाशन गर्ने कार्य स्थगित गरिएको थियो ।
गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए । यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्ने व्यवस्था गरिएको छ । त्योभन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्