नाट्टा पाल्पा च्याप्टरको अध्यक्षमा राजिव साह

खबर खुराक
खबर खुराक २० भाद्र २०७९, सोमबार
2 Min Read
Aa

पाल्पा, नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स पाल्पा च्याप्टरको आठौ बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट जिल्ला अध्यक्षमा राजिव कुमार साह चयन हुनुभएको छ ।   पाल्पा जिल्लाको पर्यटन प्रवर्द्वन गर्नका लागि स्थापित सस्थाको नयाँ नेतृत्व चयन भएको हो । अध्यक्षमा निर्वाचित साह पाल्पाली टुर एण्ड ट्रावल्सका सञ्चालक हुनुहुन्छ।

आठौ बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट सस्थाको सचिवमा सतिश राज शाक्य,कोषाध्यक्षमा रूपम कक्षपति,सदस्यमा अशोक थापा,ज्ञानु कार्की,धिरेन प्रधान चयन हुनुभएको छ ।

कार्यक्रममा सस्थाका निवर्तमान अध्यक्ष प्रदिप प्रसाद उदय विगत समयमा पर्यटकहरूले टिकटका लागि जिल्ला भन्दा बाहिर जानू पर्ने परिस्थितिलाई निवाकरण गर्नको लागि सस्थाको स्थापना भएको बताउनुभयो । वि स  २०७० सालमा स्थापना भएको सस्थाले पाल्पा जिल्लामा आगमन हुने पर्यटकहरूलाई समन्वयकारी भुमिका निर्वाह गर्दै जिल्लाको पर्यटन प्रवर्द्वन गर्न लागि परेको बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष राजिव कुमार साहले पाल्पा जिल्ला आफैमा सुन्दर एवम रमणीय पर्यटकीय गन्तव्य स्थल रहेको बताउनुभयो । पाल्पामा धेरै पर्यटकिय स्थलहरू छन ती स्थलहरूलाई प्रचार प्रसार गरि पर्यटकमैत्री बनाउन आवश्यक रहेकोले नाटा पाल्पाको नयाँ नेतृत्वले यस बिषयलाई गम्भीरतापुर्वक लिएर अगाडि बढ्ने बताउनुभयो ।  मुख्य गरि नाटा पाल्पाले पर्यटन प्रवर्द्वनको लागि २ कुरामा जोड दिदै अगाडी बढ्ने बताउनुभयो । नाटा आफैमा  इन्जिनियर हो । जस्ल पर्यटकिय क्षेत्रको पहिचान गरि डिजाइन बनाइ पर्यटक आगमनमा वृद्धि गर्ने छ । भावी योजनाका बारेमा सस्थाका पदाधिकारीहरूसँग छलफल गरि समन्वयात्मक रूपमा अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्