Ad imageAd image

काग्रेसद्धारा रुपन्देही बन्दको घोषणा, नेकपा सांसदको घरमा कालोझण्डा राख्ने

खबर खुराक
खबर खुराक २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

प्रदेश ५ को राजधानी सार्ने बिषयमा नेपाली कांग्रेसले भोली असोज १८ गते रुपन्देही बन्दको घोषणा गरेको छ । शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएको हो ।

बैठकले बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने भएको छ ।

त्यसैगरी १९ गतेदेखि प्रदेश सभा घेराउ गर्ने काग्रेसले बताएको छ । काग्रेसले प्रदेश सभा घेराउन गर्नका लागि जुटन समेत भनेको छ ।

- Advertisement -
Ad image

बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।

शनिवार राँके जुलुस, आइतबार रुपन्देही बन्द तथा नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु गर्ने निर्णय भएको काग्रेस नगर सभापति खेलराज पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्