सिद्धबाबाबाट तिनाउमा जीप खस्दा पाल्पा झुम्साका ६ जना घाईते

Khabar Khurak
Khabar Khurak २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

सिद्धार्थ राजमार्गको बुटवलपाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिकै ईसुजु डबल क्याव हाइलक्स जीप खस्दा जीपमा सवार ६ जना घाइते भएका छन् । प्रदेश ३–०१–२२ च ४५२२ नं नम्बरको डबल क्याबको जीप तिनाउ नदीमा खसेको हो । दुर्घटनामा परी घाइते भएकोमा दया पाण्डे, बालकृष्ण बस्याल, शिव पाण्डे, नन्दु बस्याल, कृष्ण बस्याल र विनोद बस्याल छन् । उनिहरु तिनाउ गाउँपालिका झुम्साका हुन् । घाइते ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । घाइतेहरू सबै तिनाउ गाउँपालिकाका टिपर व्यवसायी रहेको बताइएको छ । घाइतेहरूलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए । उनीहरू सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्