रूपन्देही ३ : घनश्याम भुसाल एमालेको घेराबन्दीमा, कांग्रेसबाट बालकृष्ण खाण सर्वसम्मत् सिफारिस

Khabar Khurak
Khabar Khurak २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

रुपन्देही । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । सोही क्रममा रुपन्देहीको क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट घनश्याम भुसाल र नेपाली कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाण आफ्ना पार्टीबाट उम्मेदवार सिफारिस भएका छन् ।

खाण सर्वसम्मत रुपमा सिफारिस भएका हुन् भने एमालेले भुसालसहित चार जनाको नाम सिफारिस गरेको छ । भुसालसँगै तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख बासुदेव घिमिरे, पार्टीका पुराना नेता यज्ञजित शाह र दुर्गा भुसालको नाम एमालेले सिफारिस गरेको छ ।

२०७७ साल पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि खरो प्रतिरोधमा उत्रेका नेता घनश्याम भुसाल र त्यतिबेलासम्म भुसालकै कट्टर समर्थक रहेका बासुदेव घिमिरेलाई गुट परिवर्तन गराएर एमालेको संस्थापन पक्षले अहिले दुवै जनालाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ । प्रतिनिधिसभा विघटनको समयमा नगरप्रमुखको रुपमा विज्ञप्ति नै निकालेर घिमिरेले विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्