पाल्पामा आजदेखि ‘सराइ महोत्सव’ सुरु हुँदै

मिलन वि.क
मिलन वि.क २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

पाल्पा, २३ भदौ । पाल्पामा सराइ महोत्सव बिहिबारदेखि सुरु हुँदै छ ।

सराइ युवा क्लब माथागढी गाउँपालिका–३ पाल्पाको आयोजनामा हुने महोत्सव १० दिनसम्म सञ्चालन हुने छ। असोज ३ गतेसम्म सञ्चालन हुने महोत्सवको आज एक समारोहकाबीच माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुती रहने क्लबका अध्यक्ष कृष्ण सारूले बताउनुभयो । यस्तै १२५ वटा स्टल रहने छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वस्तुको प्रदर्शन, निकासी योग्य वस्तुको प्रवद्र्धन, कृषिजन्य वस्तुको प्रदर्शनी, लघु उद्यम, पर्यटन, औद्योगिक प्रदर्शनी रहने उहाँले बताउनुभयो ।

महोत्सवमा स्थानीय गीत तथा नृत्य, खुला पुरुष भलिबल प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, विविध साँस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक बाल उद्यान रहने छन्।

महोत्सवले यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग व्यापार, शिक्षा, स्वास्थ्य, पशुपंक्षी र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने लक्ष्य लिएको सचिव माया बस्यालले बताउनुभयो ।

महोत्सवलाई भव्य, सभ्य रुपमा सफल पार्नको लागि सबैले सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

पहिलो दिन आज गायक राजकोटी मगर र रचना रानाको विशेष प्रस्तुती रहने छ ।

प्रतिक्रिया दिनुहोस्