सातौं ‘पाल्पा हब कन्भेन्सन’ भोली तानसेनमा हुने

मिलन वि.क
मिलन वि.क २३ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

पाल्पा, २३ भदौ । वृन्दावन एकाडेमी तानसेन पाल्पाको आयोजनामा सातौं ‘पाल्पा हब कन्भेन्सन’ भोली तानसेनमा हुने भएको छ ।

शुक्रबार (भोली) वृन्दावन वृन्दावन एकाडेमीको प्रांगणमा हुने बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । कन्भेन्समा कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थी सहभागी हुनेछन् । २२ वटा संस्थागतबाट २०३ जना विद्यार्थीले भाग लिने छन । २३ जना विद्यार्थी र शिक्षक अवलोकन गर्ने कार्यक्रम संयोजक रवि पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा केस स्टडी, हाजिरी जवाफ, कथा लेखन, पेण्टिङ ड्रोइङका विभिन्न विधामा प्रतिस्पर्धा गर्ने, कुनै विषयवस्तुमा सामूहिक छलफल गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीले व्यक्ति जीवनमा हुने व्यावहारिक विभिन्न कामबारे तर्कवितर्क गर्ने छन्।

कोएस्ट नेपालको मातहतमा रहेर यो कार्यक्रम सञ्चालन हुने छ । यो कार्यक्रमले विद्यार्थीलाई गुड र स्मार्ट क्वालिटीको बनाउने कोएस्ट नेपालका केन्द्रीय सदस्य खेमबहादुर सारुले बताउनुभयो । प्राप्तांकले विद्यार्थी योग्यतताक्रम हासिल भएपनि संस्कारयुक्त नहुने उहाँले बताउनुभयो । यो कार्यक्रममा सहभागी विद्यार्थीले विशेषगरी मानवीय र सामाजिक व्यवहार र संस्कारबारे जानकारी पाउने उहाँले बताउनुभयो । पढेर धेरै नम्बर ल्याउनु पर्छ भन्ने मात्रै सोंच छ । अहिलेका बालबालिकामा आमाको भारी बोकेर सहयोग गर्नु पर्छ भन्ने भावना नै छैन् । यस्ता व्यावहारिक ज्ञान उनीहरूलाई आवश्यक रहेको उहाँले बताउनुभयो । उनीहरूले आफ्ना समस्याको पहिचान गर्ने छन्। समस्याका कारण पत्ता लगाउने छन् । समस्याले पार्ने असर समाधानका बारेमा उनीहरू आफैले उपाय खोज्न विकास गर्न यो कार्यक्रमले सहयोग गर्ने सारुले बताउनुभयो ।

खासगरी विद्यार्थीमा अन्तर्निहित रहेका प्रतिभाको प्रस्फुटन गर्न यो कार्यक्रमले उपयोगी भूमिका निर्वाह गर्ने वृन्दावन एकाडेमीका प्रिन्सीपल भरत न्यौपानेले बताउनुभयो । आधुनिक शिक्षासँगै वैज्ञानीक तरिकाले संस्कारयुक्त ज्ञान प्राप्त गर्न कार्यक्रम प्रभावकारी हुने छ । बालबालिका रचनात्मक बन्ने उहाँले बताउनुभयो ।

कार्यक्रमको सञ्चालन हबका सचिव इना रानाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्