Ad imageAd image

सवारि चालक अनुमतिपत्र बुटवलमा फेरिए कार्यालय प्रमुख

खबर खुराक
खबर खुराक २७ भाद्र २०७९, सोमबार
3 Min Read
Aa

बुटवल , यातायात व्यवस्था कार्यालय सवारि चालक अनुमति पत्र बुटवल रूपन्देहीमा कार्यालय प्रमुख फेरिएका छन। बिगत एक बर्ष देखि कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका तेजनारायण यादवको सरूवा भएसंगै रिक्त स्थानमा यसअघि पनि कार्यालय प्रमुखको रूपमा काम गरिसकेका केशव अर्यालले कार्यभार समालेका छन् ।

आज एक अनौपचारिक कार्यक्रम गरि प्रमुख अर्यालको स्वागत गरिएको हो ।  यसअघि लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयमा कार्यरत अर्याल कार्यालयका पुर्व प्रमुख तेजनारायण यादवको सरूवा भएसंगै दोस्रोपटक सवारिचालक अनुमतिपत्र बुटवलको प्रमुखको रूपमा भित्रिएका हुन। २०७८ को असोजमा कार्यालय प्रमुखको रूपमा आएर करिब १ बर्ष सेवा गरेका  तेजनारायण यादव  सरूवा भएसंगै सुचना तथा सञ्चार मन्त्रालय जाने भएका छन। 

आज भएको अनौपचारिक  स्वागत कार्यक्रममा बोल्दै कार्यालयबाट सरुवा हुन लागेका यादवले  करिब १ बर्षको अवधिमा  आफुले धेरै महत्त्वपूर्ण कामहरूको सुरूवात गरेको हुदा उक्त कार्यहरूलाई निरन्तरता दिदै थप जनमुखि सेवा प्रवाह गर्न अर्याललाई  सुझाव दिएका छन।

आफ्नै विशेष  चासो तथा पहलबाट मात्रै   कार्यालयलाई  पुरानो तथा अव्यवस्थित भवनबाट नयाँ सुविधा सम्पन्न भवनमा सार्न सम्भव भएको यादवको भनाई थियो । खोलाको बगरमा हुने गरेको  प्रयोगात्मक परीक्षा एवम विधालयमा हुने गरेको लिखित परिक्षालाई  अहिले आफ्नै भवनबाट सञ्चालन गर्न सफल भएको भन्दै यादवले उक्त कार्यको व्यवस्थित सञ्चालनका लागि विशेष ध्यान दिन कार्यालय प्रमुखको रूपमा नयाँ आएका अर्याललाई आग्रह गरेका थिए।

- Advertisement -
Ad image

एकै दिनमा एक हजार भन्दा बढि दर्ता हुने गरेको तथा प्रन्ध दिन भित्र लिखित र प्रयोगात्मक परीक्षा भएको व्यहोरा जानकारी गराउदै यादवले अब एकैदिन दर्ता र लिखित परीक्षा सञ्चालन गर्न सक्ने संयन्त्र तयार पारेको जानकारी दिएका थिए।  सेवाग्राहीलाई  बस्नको लागि  ट्रष्ट ,  टोकनको लागि टोकन मेशिन , व्यवस्थित चमेना गृह , शुलभ स्टेशनरि , व्यवस्थित पार्किङ, आठ घण्टे प्रयोगात्मक परीक्षा  अवधि जस्ता महत्त्वपूर्ण  कार्यको सुरूवातलाई निरन्तरता दिदै जनतालाई अब १ हप्तामै लाईसेन्स दिने व्यवस्था गर्न सुझाव दिएका थिए । कार्यालयको  बस्तुगत अवस्थाको सहजिकरणको  लागि  पनि आफु  सदैव साथै रहेको यादवको भनाई थियो।

कार्यालयका पुर्व प्रमुख ले दिएको सुझाव र जानकारीलाई गम्भीरता पुर्वक लिएका नव आगन्तुक कार्यालय प्रमुखले  जनतालाई छिटो छरितो तथा सहज हिसाबले सेवा दिन आफु दिन रात नभनि खट्ने प्रतिबद्धता व्यक्त गरेका छन।

उपस्थित सबै कर्मचारी तथा पत्रकार हरू संग संक्षिप्त भनाई राख्दै कार्यालय प्रमुख केशव अर्यालले सबैको साथ र राम्रो कार्यसम्पादनको  बलमा आफु र आफ्नो टिम सफल हुने बताएका थिए । देशभरिनै सबैभन्दा बढि दर्ता र राजश्व संकलन गर्ने कार्यालयको  कार्यालय प्रमुखको रूपमा आउदा खुसी लागेको बताउदै अर्यालले अबको आर्थिक बर्षमा पनि यसअघी जस्तै लक्ष्य अनुसारको राजश्व संकलन गर्ने जनाएका छन।  अघिल्लो पटक पनि प्रमुखको रूपमा करिब १ बर्ष बिताएका  अर्यालले आफ्नो अनुभवलाई  समेत प्रयोग गर्दै   यातायात कार्यालयलाई बिचौलिया रहित तथा जनतामैत्री बनाउन सफल  हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्