Ad imageAd image

म्याग्दीको बेनीमा दुई मोटरसाइकलमा आग्जनी

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा १ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

असोज १ बेनी  म्याग्दी
म्याग्दीको बेनीमा हिजो राती  २ मोटरसाइकल माथी आग्जनी गरिएको घटना सार्वजनिक भएको छ। जिल्लाको बेनी नगरपालिका वडा नं ८ कालीपुल स्थित बगरफाँट जाने पुलको नजिकै पार्किङ गरि राखिएका दुई मोटरसाईकल माथी अज्ञात समुहले पट्रोल छर्केर आग्जनी गरेको छ। जसबाट ग ७  प ७२७१  नम्बरको मोटरसाइकल पुर्णरूपमा जलेर ध्वस्त भएको छ भने ध २ प ३८३१ नम्बरको अर्को मोटरसाइकलमा आशिंक रूपमा क्षति भएको छ।


स्थानीय बजारमा टायल मार्बलको काम गर्ने शंकर घर्ती को मोटरसाइकल पुर्ण रूपमा जलेर क्षत बिक्षत भएको छ भने जलजला निवासी युवा नेता तथा समाजसेवी विज्ञानराज शर्माको मोटरसाइकलमा आशिंक क्षती पुगेको छ। घटना लगत्तै स्थानीय र प्रहरी प्रशासनले आगो नियन्त्रण गर्ने प्रयास गरेका थिए । प्रत्यक्ष दर्शी स्थानीय प्रेम खत्रीका अनुसार शंकर घर्तीको मोटरसाइकल आधा जलिसकेपछि मात्रै थाहा पाएको र तत्कालै विज्ञान शर्माको  मोटरसाइकल लाई तानेर  क्षती कम गर्न सफल भएको  बताए । प्रहरिले घटनाको मुचुल्का तयार पारि मोटरसाइकललाई सुरक्षित स्थानमा सवारी धनिको जिम्मा लगाएको छ। आग्जनी पिडित शंकर घर्ती र युवा नेता शर्माले आफुहरूमाथी नियोजित रूपमा व्यक्तिगत कुण्ठा र रिसिबि साध्न आग्जनी प्रयास गरिएको बताएका छन। स्थानीय प्रशासनले आजनीको प्रयास गर्ने जोकोही भएपनि गम्भीर अनुसन्धान गरि कारबाही गर्नुपर्ने  उनिहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्