एमाले पाल्पा क्षेत्र नम्बर २ को प्रचारप्रसार कार्यालय उद्घाटन

मिलन वि.क
मिलन वि.क १ आश्विन २०७९, शनिबार
2 Min Read
Aa

पाल्पा, १ असोज । नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नम्बर २ को प्रचार प्रसार कार्यालयको शनिबार एक कार्यक्रमकाबीच तानसेनमा उद्घाटन भएको छ ।

नेकपा एमालेका केन्द्रीय पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेले रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभएको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि यो कार्यालय कोशेढुंगा सावित हुने गैरेले बताउनुभयो । उहाँको नाम पाल्पा क्षेत्र नम्बर २ बाट सर्वसम्मत एकल रुपमा उम्मेदवारको नाम सिफारिश भएको छ । यस क्षेत्रमा एमालेको जीत सुनिश्चित रहेको उहाँले बताउनुभयो । पार्टीका तर्फबाट सर्वसम्मत एकल उम्मेदवारको रुपमा नाम सिफारिश हुनुले यसको पुष्टि भएको उहाँले स्पष्ट पार्नुभयो । पाल्पाको विकासका लागि एमालेले जीत आवश्यक छ । पहाडी जिल्ला मध्य आफ्नै इतिहास बोकेको पाल्पामा शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर विकास गर्ने उहाँले बताउनुभयो । आगामी मंसिरको निर्वाचनपछि पाल्पाको नयाँ गौरवमय इतिहास कायम हुने गरी काम गर्ने गैरेले प्रतिवद्धता जनाउनुभयो ।

क्षेत्र नम्बर २ प्रदेश ‘क’ बाट एमालेका तर्फबाट सर्वसम्मत सिफारिस हुनुभएका उम्मेदवार पर्शुराम भट्टराइले पाल्पा एमालेको लालकिल्ला भएको बताउनुभयो । आगामी निर्वाचनमा एमालेको जीत पक्का हुन्छ । विजेता उम्मेदवारले यहाँका जनताको भवनाअनुरुप काम गर्ने उहाँले बताउनुभयो ।

एमालेका तर्फबाट चुनावी मैदानमा होमिने उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर विजयी गराउन एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले अपिल गर्नुभयो । गठबन्धनका दल र उम्मेदवार नितान्तर दलगत र व्यक्तिगत स्वार्थमा हुने छन् । उनीहरूको नेपाल र नेपालीको हितमा काम गर्ने कुनै एजेण्डा छैन् । समृद्ध नेपाल, सुखी नेपाली बनाउनका लागि एमालेको जीत अपरिहार्य रहेको उहाँले दाबी गर्नुभयो ।

कार्यक्रमको सञ्चालन एमाले पाल्पाका कार्यालय सचिव दीपक विश्वकर्माले गर्नुभएको थियो । उहाँका अनुसार यस क्षेत्रका निर्वाचन गतिविधि यस कार्यलयबाट सञ्चालन हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्