असोज २ , २०७९
बुटवल रूपन्देही
यातायात व्यवस्था कार्यालय सवारि चालक अनुमति पत्र बुटवल रूपन्देहीका कार्यालय प्रमुख तेजनारायण यादवको बिदाई गरिएको छ। आज एक औपचारिक कार्यक्रम गरि बिगत एक बर्ष देखि कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका तेजनारायण यादवको बिदाई गरिएको हो। यादबको बिदाई हुनुभन्दा एक हप्ता अघीनै उक्त स्थानमा यसअघि पनि कार्यालय प्रमुखको रूपमा काम गरिसकेका केशव अर्याल भित्रिएका थिए।
२०७८ को असोजमा कार्यालय प्रमुखको रूपमा आएर करिब १ बर्ष सेवा गरेका तेजनारायण यादव बिदाई भएर रमाना लिएसंगै संघिय सरकारको सुचना तथा सञ्चार मन्त्रालय जाने भएका छन। आज कार्यालयमा भएको औपचारिक बिदाई कार्यक्रममा बोल्दै कार्यालयका नवआग्नुतक प्रमुख केशव अर्यालले पुर्व प्रमुख यादवले गरेका महत्त्वपूर्ण कामको प्रशंसा गर्दै ती कामहरूलाई आफुले पनि निरन्तरता दिने बताएका थिए । आजको कार्यक्रमको अध्यक्षता ग्रहण गरेका कार्यलय प्रमुख अर्यालले पुर्व प्रमुख तेजनारायण यादवको अथक पहलबाट मात्रै कार्यालयलाई पुरानो तथा अव्यवस्थित भवनबाट नयाँ सुविधा सम्पन्न भवनमा सार्न सम्भव भएको बताएका थिए ।
यसअघि एकै दिनमा १००० भन्दा बढि दर्ता हुने गरेको भएतापनि श्रम तथा यातायात व्यवस्था मन्त्रालयले बिगत १,२ दिन देखि करिब २५० मात्रै दर्ता हुने व्यवस्था गराएको प्रति आपत्ती जनाउदै कार्यालय प्रमुख अर्यालले सेवाग्राहीको सबैभन्दा बढि चाप हुने ठाउँमा पनि जनतालाई बढि भन्दा बढि सेवा दिने बाटोनै बन्द गरिनु उचित नभएको बताए। कार्यालयमा आएका जनताको व्यापक गुनासोपछि आफुहरूले उक्त बिषयप्रति मन्त्रालयको ध्यान आकर्षण गराउदै पत्र लेखिसकेको हुदा जनताको मागअनुसार सहज तरिकाले सेवा प्रवाह गर्न कुनै हस्तक्षेप र कन्जुस्याइँ गरिन नहुने बताए । यस बिषयमा खबरखुराकको टिमले श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दिपकराज नेपाल संग राय लिन खोज्दा सचिव कार्यालयमा नभएको पाईएको थियो , भने प्रवक्ता तथा सुचना अधिकारी तारा ज्ञवालीको फोन उठेको थिएन।
बिदाई कार्यक्रममा बोल्दै कार्यालय प्रमुख अर्यालले अघिल्लो आर्थिक बर्षमा यातायात कार्यालय हरूमध्ये देशभरीबाट सबैभन्दा बढि राज्शव संकलन गर्ने कार्यालय बनाउन सफल भएकोमा पुर्व प्रमुख यादवलाई धन्यवाद दिदै अब आउदा दिनमा सबै कर्मचारीको उत्कृष्ट कार्यसम्पादनको सहयोगले आफ्नो नेतृत्वमा पनि यातायात कार्यालयलाई लक्ष्यभन्दा बढी राजश्व संकलन गर्ने कार्यालय बनाउने प्रतिबद्दता व्यक्त गरेका थिए ।
त्यस्तै बिदाई भएर जाँदै गरेका पुर्व प्रमुख यादवले बिदाई (फेरि भेटौला) कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा १५ दिन भित्र लिखित र प्रयोगात्मक परीक्षा गराउन सफल भएको भन्दै अब एकैदिन दर्ता र लिखित परीक्षा सञ्चालन गर्न सक्ने संयन्त्र तयार पारेको जानकारी दिएका थिए। सेवाग्राहीलाई बस्नको लागि ट्रष्ट , टोकनको लागि टोकन मेशिन , व्यवस्थित चमेना गृह , शुलभ स्टेशनरि , व्यवस्थित पार्किङ, ८ घण्टे प्रयोगात्मक परीक्षा अवधि जस्ता महत्त्वपूर्ण कार्यको सुरूवातलाई निरन्तरता दिदै जनतालाई अब १ हप्तामै लाईसेन्स दिने व्यवस्था गर्न नव आग्नतुक कार्यालय प्रमुख केशव अर्याललाई सुझाव दिएका थिए । बिदाई कार्यक्रममा मन्तव्य राख्ने क्रममा निकै भावुक हुँदै भक्कानिएका यादवले कर्मचारी को अथक मेहनत र सहयोगले आफ्नो कार्यकाल सफल भएको बताएका थिए। यादवले आफ्नो कार्यकालमा आफुसंगै काममा रातदिन नभनि खटिएका सबै कर्मचारीहरूलाई हृदयदेखी नै धन्यवाद दिदै समय क्रमसंगै पुनः भेट हुने विश्वास व्यक्त गरेका थिए। यादवले आफु यातायात कार्यालयबाट अन्यत्र गएतापनि उक्त कार्यालयका हरेक समस्या समाधान गर्न , सल्लाह सुझाव प्रदान गर्न, सहयोग गर्न हर समय तत्पर रहेको जानकारी दिएका थिए।
कार्यालयका पुर्व प्रमुख ले दिएको सुझाव र जानकारीलाई गम्भीरता पुर्वक लिदै बिदाई समारोहमा भावुक देखिएका नव आग्नतुक कार्यालय प्रमुख केशव अर्यालले जनतालाई छिटो छरितो तथा सहज हिसाबले सेवा दिन आफु दिन रात नभनि खट्ने र आफ्नो अभियानमा सबैको सकरात्मक सहयोग रहने अपेक्षा गरेका छन।
त्यस्तै कार्यालयमा करिब २ बर्षदेखी सेवामा रहेका पाचौं तहका कर्मचारी युवराच आचार्यको पनि आजै बिदाई गरिएको छ। सवारीचालक अनुमतिपत्र बुटवलमा २ बर्षे सेवा गरि घरेलु तथा साना उधोगको कार्यालय बुटवलमा सरूवा भएका आचार्यलाई पनि कार्यालय प्रमुख केशव अर्यालले फुल माला र मायाको चिनो सहित बिदाई गरेका छन।
प्रतिक्रिया दिनुहोस्