Ad imageAd image

संबिधान दिवसको अवसरमा अर्घाखाँचिका भण्डारि जनसेवाश्री पदकबाट बिभुषित

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

बुटवल,३ असोज । आज संविधान दिवस । संविधान दिवस- २०७९ को अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट बिभिन्न ब्यक्तिहरु बिभुषित भएका छन् ।

अर्घाखाँचीका घर भई नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव समेत रहेका गणेश भन्डारी पनि संविधान दिवस- २०७९ को अवसरमा नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट जनसेवाश्री पदकबाट बिभुषित हुनुभएको हो । सडक डिभिजन कार्यालय बुटवलमा कार्यरत भण्डारिलाई कर्तव्यनिष्ठता, लगनशीलता, इमान्दारीता, सृजनशीलता, एवं नागरीकमैत्री व्यवहारको उच्च मूल्याङ्कन गर्दै सरकारले विभूषण प्रदान गरेको हो ।

आज संविधान जारी भएको सात वर्ष बितेको छ सोहि अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाईयो । यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको थियो सोहि अनुरुप देशेैभर बिभिन्न कार्यक्रम गरि भव्यताका साथमा संबिधान दिवस मनाईएको हो ।

प्रतिक्रिया दिनुहोस्