राष्ट्रपतिको कदम प्रति अनेमसंघ ( क्रान्तिकारी ) को बिरोध

मिलन वि.क
मिलन वि.क ५ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

असोज ५ ,काठमाडौं
नागरिकता बिधयेकका बिषयमा राष्ट्रपति बिधादेवि भण्डारीको कदमलाई लिएर माओवादी केन्द्र निकट अनेमसंघ (क्रान्तिकारी ) ले बिरोध जनाएको छ। अनेमसंघ (क्रान्तिकारी )को केन्द्रीय समितिको आकस्मीक बैठक ले उकेत बदम प्रति आपत्ति जनाएको छ। आज एक बिज्ञ्पती जारी गर्दै संगठनले संविधान को मुल मर्म र भावना बिपरितसंविधानको रक्षक हुनुपर्ने राष्ट्रपति आफै भक्षक भएको जनाएको छ। अध्यक्ष अमृता थापा मगर द्दारा हस्ताक्षरित बिज्ञ्पतीमा भनिएको छ “राष्ट्रपतिको यो कदमबाट राष्ट्रपति संविधानको पालक र संरक्षक हुनुपर्ने कर्तव्यबाट च्युत त हुनुभो नै यसका अतिरिक्त नागरिकता प्राप्त गरिसकेका आमाबुवाका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संबैधानिक हकबाट पनि बन्चित भएका छन।”

बिज्ञ्पती पछि सञ्चारकर्मी संगै बोल्दै अध्यक्ष थापाले गणतन्त्रात्मक शासन व्यवस्थामा संबैधानिक राष्ट्रपति संविधानको अभिभावक हुनुपर्नेमा कुनै आमुक पार्टीको नेता जस्तो भएको बताएकी छन।
यसअघि पाच दलिय गठबन्धन ले पनि राष्ट्रपतिको कदमप्रति बिरोध जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्