Ad imageAd image

दुर्गा आधारभूत विद्यालयद्वारा शुभकामना आदानप्रदान

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा १७ आश्विन २०७९, सोमबार
2 Min Read
Aa

पाल्पा, १७ असोज । दुर्गा आधारभूत विद्यालय कालीगण्डकी गाउँपालिका-४ बिर्घा स्याङ्जाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

विजया दशमी, दिपावली, छठ पर्व तथा नेपाल सम्वत ११४३ को उपलक्ष्यमा शुभकामना आदानप्रदान गरिएको हो ।

कार्यक्रम प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले सधैं खुशी हुने गरी चाडपर्व मनाउनु पर्छ । भड्किलो नबनाई चाडपर्व मनाउने चलनलाई बचाइराख्नु पर्छ।

कालीगण्डकीलाई समृद्धि बनाउने अभियानलाई सफल पार्नको लागि जनप्रतिनिधि र जनता मिलेर अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनु भयो । मानव जीवनमा शिक्षाको महत्त्व रहेकाले आफ्ना बालबालिकालाई विद्यालय पठाउन सुझाव दिनु भयो ।

- Advertisement -
Ad image

कार्यक्रममा विशिस्ट अतिथि वडा नम्बर ४ का वडाध्यक्ष यादवप्रसाद पाण्डेले देखासिकीमा लागेर धेरै खर्च गरेर चाडपर्व नमनाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा कार्यपालिका सदस्य रूपा राना, शिक्षा शाखा प्रमुख भीमप्रसाद श्रेष्ठ, वडा सदस्य विष्णुप्रसाद पाण्डे, गणेशप्रसाद पाण्डे, अनेरास्ववियुका केन्द्रीय सचिव सुजन भट्टराई, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विश्वकर्मा, बिर्घा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक राम अयोध्या शाह, शिक्षक अभिभावक संघका अध्यक्ष भीम राना, विद्यालयका प्रधानाध्यापक हुमकला विश्वकर्मा लगायतले शुभकामना दिनु भएको थियो ।

कार्यक्रमको अवसरमा जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा पूर्वा विद्यार्थी तथा पूर्व शिक्षक माधवप्रसाद भट्टराईले स्वर्गीय बुवा इश्वरीप्रसाद भट्टराईको सम्झनामा १० हजारको अक्षयकोष स्थापना गर्नु भएको छ ।

शिक्षक उमा पाण्डेले स्वागत गर्नु भएको कार्यक्रमको संचालन शिक्षक बुद्धिबल परियारले गर्नु भएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, शिक्षा प्रेमी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्