रुपन्देही २ः उम्मेदवारी कायम गर्न गुरुङले दिएको रिटमाथिको सुनुवाइ स्थगित

खबर खुराक
खबर खुराक २८ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ — प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी कायम गराउन सर्वोच्च अदालतमा रिट दिएका एकीकृत समाजवादीका नेता राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

सर्वोच्च अदालतमा गुरुङले दिएको रिट शुक्रबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेसी चढेको थियो । बिहीबार सर्वोच्चमा परेको उक्त रिट शुक्रबार पेसी चढेको थियो ।

एकीकृत सजावादीका नेता गुरुङकले रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका दिए । तर एकीकृत समाजवादीका नेता गुरुङ कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मनोनयन खारेज गरिदिएको थियो ।

सोही निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका ‘हाम्रो नेपाली पार्टी’का तर्फबाट उम्मेदवारी दर्ता गरेका डा. कमल भुसाल (निकोलस)को पनि उम्मेदवारी आयोगले खारेज गरिदिएको छ । उक्त क्षेत्रमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेलको पनि उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्