Ad imageAd image

गण्डकी प्रदेशमा माओबादीबाट मुख्यमन्त्रीको दौडमा अनेमसंघ(क्रान्तिकारी ) अध्यक्ष मगर

दिलिप पौडेल
दिलिप पौडेल ३१ आश्विन २०७९, सोमबार
8 Min Read
Aa

असोज ३१ ,स्याङ्जा ।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी मिति घोषणा गरेसंगै यतिबेला देशभर चुनावी सरगर्मी बढिरहेको छ।विभिन्न पार्टीका शिर्षनेताहरूका चुनावी क्षेत्रमा मात्रै नभई यसपालीको निर्वाचनमा प्रायः जसो सबै क्षेत्रमा स्वतन्त्र उमेदवारहरू पनि प्रतिस्पर्धामा उत्रिएका छन। जसले चुनावी माहोललाई थप रोचक र प्रतिस्पर्धी बनाएको छ।

प्रतिनिधि र प्रदेश सभाका हरेक क्षेत्रमा नेताहरू एतिबेला चुनावी कार्यक्रम र प्रचारप्रसारमा व्यस्त छन। देशभरीका १६५ प्रतिनिधि सभा र ३३० प्रदेशसभा क्षेत्रमा मुख्यतः सतारूढ गठबन्धन र विपक्षी एमाले गठबन्धन बिचनै प्रतिस्पर्धा देखिएको छ।

त्यसै मध्येको एक जिल्ला गण्डकी प्रदेशको अति महत्त्व र प्रभाव राख्ने स्याङ्जामा पनि निर्वाचनको रौनक पछिल्लो समय ह्वात्तै बढेको छ। पुर्व मन्त्री देखि दलका स्थापित नेता सम्मका व्यक्तिलाई उमेदवारको रूपमा पाएको स्याङ्जाले यसपाली कुन गठबन्धनलाई जिताएर पठाउछ भन्ने कौतुहलता देशभरीका आम जनतामा रहेको छ।

स्याङ्जामा प्रतिनिधि सभाका दुई र प्रदेशसभाका ४ क्षेत्र रहेका छन । प्रतिनिधि सभा तर्फ स्याङ्जा १ बाट एमालेको तर्फबाट नारायण प्रसाद मरासिनी  र सत्तारूढ गठबन्धन को तर्फबाट नेपाली काग्रेसका नेता राजु थापा उमेदवार रहेका छन भने स्याङ्जा २ मा एमाले नेतृ तथा पुर्व मन्त्री पद्मा अर्याल र नेपाली काग्रेसका उपसभापति धनराज गुरूङ प्रतिस्पर्धामा रहेका छन ।

- Advertisement -
Ad image

प्रतिनिधि सभामा यी बाहेक अन्य दलबाट पनि उमेदवार रहेता पनि मुलतः दुई गठबन्धन बिचनै प्रतिस्पर्धा हुने निश्चित देखिन्छ। हेभिवेट नेता बिचको प्रतिस्पर्धा र केन्द्रीय स्तरमा प्रभाव भएका व्यक्ति प्रदेशसभामा निर्वाचन लड्दै गरेको हुदा स्याङ्जाको चुनावी सेरोफेरो विगतको भन्दा निकै पृथक देखिएको छ। प्रतिनिधि सभामा मात्रै नभई प्रदेश सभाको चुनावी प्रतिस्पर्धा झनै रोचक हुने विश्लेषण गर्न थालिएको छ।

खासगरी स्याङ्जा १ को (क) बाट प्रदेश सभा सदस्य पदमा उमेदवार रहेकी अनेमसंघ (क्रान्तिकारी ) कि अध्यक्ष तथा भुतपुर्व संघिय सासंद अमृता थापा मगर र एमाले का तर्फबाट उमेदवार रहेका बिचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ। यसअघि संघिय संसदको प्रतिनिधित्व गरि अनुभव बटुलिसकेकी तथा माओवादी केन्द्रको प्रमुख वर्गिय संगठन अनेमसंघ ( क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष थापा प्रदेशसभा सदस्य पदमा निर्वाचन लड्नुलाई निकै चासोका रूपमा हेरिएको छ। गण्डकी प्रदेशमा माओवादी केन्द्र बाट भावी मुख्यमन्त्रीको रूपमा हेरिएकी थापा संसदीय राजनीति मा अनुभवी खेलाडी हुन । केन्द्रीय स्तरमा पँहुच र प्रभाव राख्ने थापा पार्टी हेडक्वार्टर बाट मुख्यमन्त्रीको ग्रिन सिग्नल पाएसंगै प्रदेशसभा मा झरेको हुन सक्ने आकँलन गरिएको छ।

तत्कालीन माओवादीले सञ्चालन गरेको दस बर्षे  जनयुद्ध का कमिसार तथा साहसि महिला नेतृ अमृता थापा नेकपा माअोवादी केन्द्रको  आठौ महाधिवेशन बाट पुन: केन्द्रीय समितिमा  निर्वाचित भएकि थिईन ।   पार्टी भित्र महिला स्थान र भुमिकाको बारम्बार प्रश्न उठाईरहेने थाप हाल पार्टीको सशक्त जनबर्गिय संगठन अनेमसंघ ( क्रान्तिकारी ) को अध्यक्ष समेत रहेकि छन ।

आखिर को हुन त अमृता थापा मगर  ?

बि.स. २०२९ साल जेठ ५ गते स्याङ्जाको बिरुवा अर्चलेमा  जन्मिएकि अमृता थापा मगर एक क्रान्तिकारी साहसि योद्धा हुन । स्याङ्जाको एक दुर्गम गाउँमा हुर्किएकि थापा सामान्य परिवारकि छोरी हुन। दोस्रो ऐतिहासिक जन-आन्दोलन देखि गणतन्त्र प्राप्ति सम्मका ठुला राजनीतिक उपलब्धि र सङ्घर्षमा  नेतृत्व दायी भुमिका खेलेकि थापाले पिएसएल सम्मको अध्ययन पूरा गरेकि छन। रेडियो नेपालमा समाचार वाचिका नियुक्त भएर तालिममा सहभागी भईसकेपछि राजिनामा दिएर युद्धमा होमिएकि थापाले २०४८ सालमा नेकपा एकता केन्द्र को पार्टी सदस्यता मार्फत आफ्नो क्रान्तिकारी धारलाई उजागर गर्दै आएकि थिईन। बि.स. २०४६ सालको जनआन्दोलनमा पोखराका मैदानमा मसाल बोकेर हिडेकि थापा २०४७ सालमा  तत्कालीन अनेरास्ववियू को पृथ्वीनारायण क्याम्पस ईकाई सदस्य भएकि थिईन । त्यस्तै बिधार्थी आन्दोलन मा समाहित हुने क्रममा २०४८ सालमा अनेरास्ववियू को  स्याङ्जा जिल्ला सचिव र २०४९ सालमा  गण्डकी समन्वय समिति सदस्य भएकि थिईन ।

२०५० सालमा गण्डकी धौलागिरी सासंकृतिक संगम सदस्य मा चयन भएकि थापा नेकपा माओवादिको २०५१ सालमा चितवनमा भएको राष्ट्रिय सम्मेलनमा गण्डकी बाट प्रतिनिधिको रूपमा सहभागी भएकि थिईन। देशभर माओवादिको जनयुद्ध को सूक्ष्म तयारि चलिरहँदा कमरेड सन्ध्या २०५१ सालमा अनेमसंघको काठमाडौं उपत्यका समन्वय समितिको संयोजक तथा पार्टीको एरिया सदस्य भएकि थिईन।  बि.स. २०५२ देखि भुमिगत हुँदै पुर्वि नेपालको क्षेत्रमा बन्दुक र बारूद संग लड्दै हिडेकि नेतृ थापा २०५३ सालमा नेकपा माओवादि सुनसरि मोरङ संयुक्त जिल्ला सदस्य हुँदै २०५६ सालमा नेकपा माओवादि कास्की जिल्ला सदस्य तथा पोखरा नगर ईन्चार्ज भएकि थिईन । युद्दकालिन समयमा पुर्व देखि पश्चिम सम्मै बन्दुक र गोला बोक्दै हिडेकि थापाले पार्टी भित्र महिला सहभागीता र भुमिकाका बिषयमा पार्टी नेतृत्व सामु दह्रो संग आवाज बुलन्द गर्दै आएकि छन । बि.स. २०५७ सालमा पार्टीको कपिलवस्तु जिल्ला सदस्य भएकि थापा २०५८ सालमा पार्टीको क्षेत्रीय ब्युरो सदस्य भएकि थिईन । २०५८ सालमै पार्टीको प्रवास महिला फ्याक्सन ईन्चार्ज तथा दिल्ली राज्यसमितिको सेक्रेटरी भएकि थापा २०६० सालमा उदयपुर जिल्ला ईन्चार्ज एवम  माओवादिको पुर्णकालिन सदस्य भएकि थिईन । २०६१साल मा तत्कालीन माओवादीले  पूर्वकाे पहिलाे सेना माथिकाे सफल कार्वाही गर्ने क्रममा भाेजपुर टावर र जेल आक्रमणमा  परि सामान्य घाईते भएकी थापा घाइते अवस्थामामै पनि बन्दुकको साथी बनी लडीरहिन । बि. स. २०६१ सालमा अनेमसंघको महासचिव हुँदै पार्टीको पुर्वका शसक्त ४ जिल्ला  (उपब्युरो) सिन्धुलि ,धनुषा,सर्लाहि,र महोत्तरीको पार्टी ईन्चार्ज भएकि अमृता थापा मगर फस्ट डिभिजन जनमुक्ति सेनाको राजनीतिक कमिसार पनि भएकि थिईन । त्यस्तै २०७० सालमा नेकपा माओवादिको पोलिटब्युरो सदस्यमा चयन भएकि थापा माओवादिको सबैभन्दा दरिलो जनबर्गिय संगठन अनेमसंघ ( क्रान्तिकारी ) को अध्यक्षमा निर्वाचित भएकि थिईन।

बि.स. २०६३ सालमा अन्तरिम व्यवस्थापिका ससंदको सदस्य भएकि नेतृ थापा पहिलो संविधानसभाको प्राकृतिक स्रोत , आर्थिक अधिकार तथा राजश्व बाडफाँड समितिको सभापति भएकि थिईन। बि. स. २०७२ सालमा माओवादिको सचिवालय सदस्य भएकि नेतृ थापा २०७५ सालमा नेकपा एमाले र माओवादि बिच पार्टी एकता हुदा केन्द्रीय सदस्य भएकि थिईन।  पार्टीका नेता तथा बाग्मति प्रदेश ईन्चार्ज हितमान शाक्य संग २०५१ साल चैत २६ गते विवाह बन्धनमा बाधिएकि थापाका २ छोरी रहेका छन । पार्टी भित्र लामो त्याग र सङ्घर्ष बाट नेतृत्वमा स्थापित हुन सफल नेतृ थापाले पार्टीको आठौ महाधिवेशन बाट पुन: केन्द्रीय सदस्यको जिम्मेवारी पाएकि थिईन । क्षमता र आवश्यकतालाई मध्यनजर गरि पार्टी भित्र नयाँ पुस्ता भित्रिनु पर्ने धारणा राख्ने थापाले युद्धकालिन समयदेखि आजसम्म  पनि माओवादि पार्टिमा महिलाको भुमिका र अवस्था बारे पार्टी नेतृत्वलाई प्रश्न गरिरहन्छिन।

खादै आएको सरकारि जागिर , बृद्धअबश्थाका बाआमा र कलिला छोराछोरीको स्याहारसुसार छोडेर माओवादि पार्टीको भविष्य र राज्यसत्तामा  महिलाको भुमिका स्थापित गर्न खटिरहने देशका कुनैपनि सञ्चार माध्यमको पर्दाभन्दा बाहिर रहेकि नेतृ अमृता थापा मगरलाई  यसपटक स्याङ्जाली जनताले परिक्षण गर्ने बेला आएको छ। संविधान ,संघियता, गणतन्त्र , धर्म निरपेक्षता , समावेशीता, समानुपातिक प्रणाली जस्ता थुप्रै उपलब्धी हासिल गर्न आफ्नो जीवन समर्पित गरेकी थापा अब जनता बाट प्रत्यक्ष निर्वाचित भएर विकास र समृद्धिको कार्यान्वयन गर्न सकिने ठाउँमा पुग्न जनताको घरदैलोमा आईपुगेकी छन। आफ्नो करिब आधा जीवन देशका निम्ति दिएकी थापाले अबको समय जनताको सुख, समृद्धि र दिगो विकास सहितको आर्थिक , सामाजिक परिवर्तनमा बिताउनु पर्ने अवसर र चुनौती दुवै कुरा एकैपटक आएको छ। स्याङ्जामै जन्मिएर देशको केन्द्रीय स्तर सम्म पुगेर महिला हक र अधिकारका बिषयमा बारम्बार संसदिय समितिमा बहस र छलफल चलाउने स्याङ्जाली छोरी , चेली मगरलाई प्रदेशसभाको चुनावमा स्याङ्जा १ को (क) बाट जिताउनु पर्ने दायित्व त्यस क्षेत्रका तमाम महिला दिदिबहिनी हरूको काधमा पनि रहेको छ। मंसिर ४ गते हुने निर्वाचनमा स्याङ्जा १ (क) बाट बाम – लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार अमृता थापा मगरलाई हाम्रो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौ।

प्रतिक्रिया दिनुहोस्