नेपाल–तिब्बत सिमाना केन्द्रबिन्दु, ५.९ म्याग्निच्यूडको भूकम्प

खबर खुराक
खबर खुराक २ कार्तिक २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं । नेपाल– तिब्बत सीमा क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

दिउँसो ३ बजेर ७ मिनेट जाँदा नेपाल र तिब्बतको सीमा क्षेत्रमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो । काठमाडौं आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पले पारेको क्षतिका बारेमा भने अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्