काठमान्डौं, इन्जिनियर नवराज सत्याल २८ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।
अख्तियारको टोलीले इन्जिनियर सत्याललाई मन्थली नगरपालिका १ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।
रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इञ्जिनियर र प्लम्बर बखतबहादुर थापालाई अख्तियार केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।
रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले रकम लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् । उनीहरुको साथबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्