अबको निर्वाचनपछि एमाले पहिलो शक्ति बन्ने छ : गैरे

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा ६ कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

पाल्पा, ६ कात्तिक । नेकपा एमालेका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले आगामी निर्वाचनपछि एमाले पहिलो शक्तिको रूपमा स्थापित हुने बताउनुभएको छ ।

संगठन सुदृढीकरणको काम थप व्यबस्थित हुँदै गईरहेको भन्दै एमाले पहिलो शक्तिको रुपमा स्थापित हुने उहाँले बताउनुभयो । रिब्दीकोट गाउँपालिका–६ घोर्लीखरक, देउराली, धुन्चुक, बुढीचौरलगाएतका ठाउँमा भएको पार्टीको बैठकमा उहाँले पाल्पामा एमालेको जनाधार बलियो रहेको र पार्टीमा इमान्दार कार्यकर्ता रहेकाले संघ र प्रदेशको निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने बताउनुभएको हो ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहनुभएका नेता गैरेले केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको क्षेत्रलाई समेटेर नक्सा जारी गरेर राष्ट्रियताको पक्षमा आवाज उठाएको बताउनुभयो ।

कार्यक्रममा क्षेत्र नं. २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्तीले राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरूको इशारामा काम गर्नेहरूका बीचमा प्रतिस्पर्धा भएकाले एमालेको जित सुनिश्चित भएको बताउनुभयो । एमालेले राष्ट्रियताको पक्षमा काम गरेका हुँदा दिन प्रतिदिन जनताका समर्थन बढ्दै गएको बताउनुभयो । उहाँले पाल्पामा एमालेको जित सुनिश्चित रहेको बताउनुभयो ।
त्यस्तै क्षेत्र नं. २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराईले राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकबीच अहिलेको
निर्वाचनमा लडाई हुने बताउनुभयो।

बगनासकाली गाउँपालिका–२ पोखराथोकमा भएको पार्टीको बैठकमा भट्टराईले समृद्धि कि बर्बादी, अग्रगामी कि पश्चगामीलाई छनोट गर्ने भन्नेबारे मतदाताले विचार गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्