आगामी निर्वाचनमा एमाले हार्नु हुँदैन : आचार्य

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा ६ कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

पाल्पा, ६ कात्तिक । नेकपा एमालेका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले हार्न नहुने बताउनुभएको छ ।

रामपुर नगरपालिका–१० धन्सार भएको एमालेको बैठकमा नेता आचार्यले एमाले हार्दा देशले हार्ने बताउनु भएको हो । एमालेका उम्मेदवारलाई जिताउने गरी चुनावी प्रचारप्रसारमा जुट्न आचार्यले आग्रह गर्नुभयो । राष्ट्रियताको हितमा काम गर्ने पार्टी एमाले हो। लोकतन्त्र रक्षा, सुशासन कायम गने र विकासवादी पार्टी एमाले भएको उहाँले दाबी गर्नुभयो । राष्ट्र र राष्ट्रियताको हितमा काम गर्ने पार्टी एमाले भएकाले मत दिएर विजयी गराउन उहाँले अपिल गर्नुभयो ।

बैठकमा निर्वाचन क्षेत्र नं. १ (१) का उम्मेदवार राजु प्रसाद श्रेष्ठले आगामी निर्वाचन पछि एमालेको नेतृत्वमा बहुमतीय सरकार बन्ने बताउनुभयो । इमानदार भएर पार्टीका उम्मेदवारलाई विजयी गराउने गरी चुनावी गतिविधिमा लाग्ने उहाँले अनुरोध गर्नुभयो। श्रेष्ठले मुलुकलाई समृद्ध बनाउने आकांक्षा एमालेले लिएको र पूरा गरेरै छाडने दृढता समेत व्यक्त गर्नुभयो ।

माथागढीमा आयोजित बैठकमा निर्वाचन क्षेत्र नं. १ (२) का उम्मेदवार खेमबहादुर सारुले व्यक्ति र परिवारवादमा फसेको गठबन्धनलाई परास्त गर्न आवश्यक रहेको बताउनुभयो । अहिलेको सरकारले गरेका राष्ट्रघाती कदम, जनविरोधी गतिविधि, महँगी, भष्ट्राचार, असमान विकास बजेट वितरण, परिवारको नाममा भएका ट्रस्टहरूमा करोडौँ वितरण गरी राज्यको रकम दुरुपयोग, वैदेशिक हस्तक्षेपकाबारेमा जनताले राम्रोसंग बुझेका हुँदा एमालेको जित सुनिश्ति रहेको बताउनुभयो ।

चुच्चे नक्सालाई व्यावहारमा ल्याउन, सीमा अतिक्रमण रोक्न, एमसीसी, एसपीपीलगायत देशको हित विपरित सरकारले गरेका निर्णय खारेज गर्न एमालेको सरकार आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्