पाल्पा, ७ कात्तिक । नेकपा एमाले तानसेन नगरपालिका -३ को वडा कमिटीले निर्वाचन प्रचारप्रसार कार्यालय शुभारम्भ गरेको छ ।
सोमबार एक कार्यक्रमका बिच एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे र पाल्पा क्षेत्र नम्बर २ प्रदेश (१) का उम्मेदवार परशुराम भट्टराईले बसन्तपुरमा कार्यालयको उद्घाटन गर्नुभएको हो ।
आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । पाल्पामा एमालेको जित सुनिश्चित रहेको घिमिरेले बताउनुभयो ।
विकासवादी पार्टी एमाले हो । एमालेप्रति जनलहर बढ्दोक्रममा रहेकाले आगामी मङ्सिर ४ गते पछि एमालेको नेतृत्वमा बहुमत सरकार बन्ने अध्यक्ष घिमिरे दाबी गर्नुभयो। रास्ट्र र राष्ट्रियताको हितमा काम गर्ने पार्टी एमालेलाई जिताउन उहाँले आव्हान गर्नुभयो ।
आफू निर्वाचित भएपछि यहाँका जनता माग र आवश्यकताका आधारमा विकास निर्माणका काम गर्ने भट्टराईले बताउनुभयो ।
यहाँका सडक, खानेपानी, शिक्षा र स्वास्थ्यका क्षेत्रमा विकासका लागि पहल गर्नेछु । आफूसहित एमालेका अन्य उम्मेदवारलाई मत दिएर विजयी गराउन उहाँले अपिल गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्