गुल्मी,कात्तिक १७ । समाजवादी पार्टी नेपाल गुल्मीले मङ्सिर ४ निर्वाचन केन्द्रीत घरदैलो तथा मतदाता शिक्षा कार्यक्रम मुसीकोट नगरपालिकामा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता ज.स.पा नेपाल गुल्मीका अध्यक्ष बिर बहादुर गुरुङले गरेका थिए ।
~कार्यक्रमका बिशेष अतिथि निर्वाचन क्षेत्र नं २(क) प्रदेश सभा सदस्यका उमेद्वार घनश्याम पाण्डेले सम्पूर्ण दाजुभाइ दिदीबहिनीको हितमा साझा प्रतिनिधिको रुपमा भुमिका निर्वाह गर्दै लुम्बिनी प्रदेशको समग्र परिवर्तनका लागि आफ्नो उमेदवारी रहेको बताए ।
~गुल्मीको थप विकास र जनताको सेवाको लागि जनता समाजवादी पार्टी नेपालको तर्फबाट गुल्मी क्षेत्र नम्बर २(क) बाट प्रदेश सभा सदस्य पदमा आफ्नो उमेद्वारी रहेको घनश्याम पाण्डेले बताएका छन् ।
गरिबी,असमानता र भेदभावको अन्त्य गर्न,कृषि उत्पादनलाई बजारीकरण गर्न,जनताको आधारभूत आवश्यक्ताहरु पुरा गर्न , दिगो आर्थिक विकासको आधार तय गर्न,राष्ट्र र राष्ट्रियता जोगाउन,चौतर्फी देश बिकाश गर्न, आजको उपभोक्ता समाजलाई उत्पादनमुखी बनाउन छातामा मतदान गर्न पाण्डेले सम्पूर्ण सचेत मतदातालाई अनुरोध गरेका छन् ।
~ नेपालको समाजवादी आन्दोलनमा स्थापित नेता घनश्याम पाण्डे बैचारिक र राजनीतिक क्षमता साथै संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छन् । २०४५/२०४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भुमिका खेलैका पाण्डेले २०६२/६३ को जनआन्दोलनमा जनताको पक्षबाट आन्दोलनको नेतृत्व गरेका थिए । उच्च स्तरको बैचारिक क्षमता र कुशल वक्ताको रुपमा चिनिने पाण्डेले जनसरोकारका बिषयलाई जोडदार ढंगले उठाउने नेतामा पर्छन् । राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलता पश्चात् अब मुलुक आर्थिक सामाजिक विकास र रुपान्तरणको दिशामा अघि बढ्नुपर्छ भन्ने धारामा पार्टीका हरेक अधिबेशनमा राख्दै आएका छन् ।
~संविधानको कार्यान्वयन गर्दै प्रदेश संरचनालाई स्थापित गर्न भूमिका खेलेका पाण्डेले अखण्ड लुम्बिनीको आन्दोलनमा आफ्नो पार्टीको तर्फबाट संयुक्त आन्दोलनमा नेतृत्वदायी भुमिका खेल्दै आएका पाण्डे प्रष्ट बैचारिक दृष्टिकोण,राजनैतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेतामध्य एक हुन ।
पाण्डे समाजका बिबिध क्षेत्रका संघसंस्था अन्तर्गत सुर्यथुम सम्युक्त क्याम्पस पुर्व अध्यक्ष,सरस्वती मा.वि (सुर्यथुम) शिक्षक अभिभावक संघ पुर्व अध्यक्ष,गुल्मी अर्घाखाँची मोटरबाटो समिति पुर्व सदस्य,सुर्यगैरा सामुदायिक वन छत्रदेव-७ अर्घाखाँची पुर्व अध्यक्ष,आकाशदेवी मन्दिर (ताराखसे)पुर्व सञ्चालन समिति सदस्य ,सरस्वती मा.वि (भुस्कात)पुर्व व्यवस्थापन समिति सदस्य ,जनप्रिय बचत तथा ऋण सहकारी संस्था पुर्व सञ्चालक समिति सदस्य ,तम्घास वृहत् खानेपानी पुर्व उपभोक्ता समिति सदस्य ,लगायतका आफ्ना सफल कार्यकालको अनुभव लिइसक्नुभएका पाण्डे हाल महेन्द्र उच्च माध्यमिक बिध्यालय तम्घास गुल्मीको बिध्यालय व्यवस्थापन समिति सदस्यमा रहेर काम गरेका छन् ।
~सम्पूर्ण दाजुभाइ दिदीबहिनीको हितमा साझा प्रतिनिधिको रुपमा भुमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका पाण्डेले सम्पूर्णमा सहयोग सद्भाव र मतका लागि हार्दिक अनुरोध गरेका छन् ।
~विभिन्न राजनैतिक दलबाट विष्णु बहादुर सर्तुङ्गे,धर्म सर्तुङ्गे,प्रताप सर्तुङ्गे,राजन बहादुर कार्की,पबित्रा क्षेत्री, पार्वती बि.क,काशी नपाली,सरिता थापा लगायत दर्जनौं कार्यकर्ताले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
~कार्यक्रमको संचालन संघिय परिषद सदस्य एवम् प्रदेश सदस्य कृष्ण बहादुर सर्तुङ्गे मगरले गरेका थिए ।
~कार्यक्रममा प्रतिनिधि सभा तर्फ समानुपातिक उमेदवार तुल्सी गुरुङ,प्रदेश सभा तर्फ समानुपातिक उमेदवार बिष्णुमाया सर्तुङ्गे,प्रदेश सभा तर्फ समानुपातिक उमेदवार जमुना पाण्डेले देश र जनताको पक्षमा आफ्नो महत्त्वपूर्ण मन्तब्य थियो ।
गुल्मीमा विभिन्न राजनैतिक दलबाट दर्जनौं कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश

प्रतिक्रिया दिनुहोस्