जनताले दिएको झण्डै दुई तिहाइको मत सदुपयोग गर्न नसक्नेलाई भोट हाल्न हुँदैन : चन्द्र भण्डारी

खबर खुराक
खबर खुराक २५ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

बुटवल, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकलाई दुरावस्थामा पर्‍याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्ने बताएका छन् ।

उनले जनताले दिएको झण्डै दुई तिहाइको मत सदुपयोग गर्न नसक्ने, पार्टी फुटाउने,संविधान लत्याउने र संसद गिराउने नेता र एमाले पार्टीलाई भोट हाल्न नहुने उनले टिप्पणी गरे ।

गुल्मी रुपन्देही क्षेत्र नम्बर १ बाम लोकतान्त्रीक गठबन्धन निर्वाचन परिचालन समितिले बुटवलमा आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले देशमा रोजगारी नदिने र युवाहरूलाई विदेश पठाउने तत्वहरुलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताए  ।

अखण्ड लुम्बिनी बचांउन बुटवलमा आफुले बृहत आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै नेता भण्डारीले यसपटक पार्टीको रसिद भन्दा माथि देश सम्झेर चुनाव जिताउन आग्रह गरे ।

उनले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमूना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्