काठमान्डौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगामी र अवसरवादी शक्तिलाई उठ्न नदिन गठबन्धनको जीत आवश्यक रहेको बताएका छन् ।
चितवनमा शनिबार आयोजित चुनावी सभामा दाहालले प्रतिगामी र अवसरवादी तत्त्वहरुले फेरि मुलुकमा राजनीतिक दुर्घटना निम्त्याउन नदिन पनि आममतदाताले विवेक पु¥याउनुपर्ने बताएका हुन् । आसन्न निर्वाचन अग्रगमन वा प्रतिगमन रोज्ने जनमत संग्रह भन्दै उहाँले मतदाताले अग्रगमनको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनले चुनाव जिते मात्रै मुलुकमा विकास र समृद्धिको मार्ग खुल्ने जिकिर समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्