बलिउड फिल्म ‘उचाइ’लाई सकारात्मक प्रतिक्रिया, पहिलो दिन कति कमायो ?

खबर खुराक
खबर खुराक २७ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

बलिउड फिल्म निर्माता सुरज बडजात्याको बहुप्रतिक्षित चलचित्र ‘उचाई’ शुक्रवारदेखि हलमा चलिरहेको छ ।

फिल्मले हलमा आएदेखि नै सकारात्मक समीक्षा आइरहेको छ ।

अमिताभ बच्चन स्टारर यस फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्न सफल भएको छ ।

फिल्मले शुक्रबा १.८१ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ ।

भारतीय ट्रेड विश्लेषक र फिल्म समीक्षक तरण आदर्श ट्विटरमा फिल्मको बक्स अफिसको कमाइ शेयर गरेका छन् ।

फिल्ममा अमिताभ बच्चनका साथमा अभिनेता अनुपम खेर र बोमन इरानी पनि मुख्य भूमिकामा छन् । फिल्ममा परिणिती चोपडा र नीना गुप्ताको पनि मुख्य भूमिका छ ।

मित्रताको परिकल्पनामा घुमेको यो चलचित्र नोभेम्बर ११ मा रिलिज भएको हो ।

प्रतिक्रिया दिनुहोस्