तानसेनमा ४० बढी कांग्रेस कार्यकर्ता एमाले प्रवेश

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा २७ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

पाल्पा २७, कात्तिक । पाल्पामा नेपाली कांग्रेसका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

तानसेन नगरपालिका- ७ र १० बाट ४० भन्दा बढी कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुर गैरेले अबिर र खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो।

तानसेनबाट उनीहरू गाडी लिएर चिदीपानी पुगेका थिए । युवा नेता ठाकुर गैरेको हातबाट टीका लगाएर एमाले प्रवेश गर्ने भन्दै उनीहरू चिदीपानी पुगेका एमाले प्रदेश कमिटी सदस्य विष्णुप्रसाद आचार्यले बताउनुभयो । उम्मेदवार गैरे चिदीपानीमा घरदैलो कार्यक्रममा हुनुहुन्थ्यो ।

पार्टी प्रवेश गराउँदै नेता गैरेले आफ्नो जित सुनिश्चित रहेको बताउनुभएको छ । पछिल्लो समयमा पाल्पाली जनताको एमालेप्रति आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो ।

आफू निर्वाचित भएपछि यहाँका जनताको माग र आवश्यकताको आधारमा विकास गर्ने बताउनुभयो ।

आफ्नो अमूल्य मत दिएर एमालेका उम्मेदवारलाई विजयी गराउन गैरेले अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्