चुनाव खारेजीको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

खबर खुराक
खबर खुराक २८ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

 काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्‍युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्‍य निर्वाचन विरुद्ध प्रदर्शन गरेको छ।

सोमबार भण्डाफोर कार्यक्रमको आयोजना गरी निर्वाचन खारेजीको माग गर्दै क्रान्तिकारीले बागबजारमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा क्रान्तिकारी संगठनका विद्यार्थी नेताहरुले ‘मंसिर ४ को कथित निर्वाचन खारेज गरौं, युवा विद्यार्थीको चाहना, वैज्ञानिक समाजवादको स्थापना’ भन्‍दै सडकमा प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्