पाल्पामा राप्रपाबाट उम्मेदवार बनेका ब्यक्तिनै काँग्रेसमा प्रवेश

खबर खुराक
खबर खुराक २८ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

पाल्पा – मसिंर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नम्वर २ बाट उम्मेदवार दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का जिल्ला अध्यक्ष खडानन्द गैरे नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि मत माग्दै घरलैलो अभियानमा सक्रिय रहँदै आएका गैरे आइतबार काँग्रेस प्रवेश गर्नुभएकाे हाे ।

लामो समय राप्रपाको राजनीतिमा सक्रिय हुँदै आएका उहाँले एक विज्ञप्ती जारी गर्दै राप्रपा पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको घोषणा गर्नुभएकाे छ । नेपाली काँग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसाथ गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको उहाँले बताउनुभयाे ।

‘राप्रपा सदाका लागि परित्याग गर्दै आजैको मितिदेखि मेरो उम्मेदवारी निष्क्रिय रहेको र काँग्रेससँगको सहकार्यमा आगामी निर्वाचनमा उम्मेदवार बनेका सत्ता गठबन्धन दलका उम्मेदवारलाई मेरो पूर्ण समर्थन र सहयोग रहने छ’ विज्ञप्तीमा भनिएको छ । गैरेलाई आजै नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसको सदस्यता हस्तान्तरण गर्नुभएकाे छ । पार्टीमा नेता गैरेलाई स्वागत गर्दै पार्टीमा उचित स्थान दिने बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्