माओवादीले ७ सिट पनि ल्याउँदैन-ओलीको ठोकुवा

खबर खुराक
खबर खुराक ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जिताउन आह्वान गरेका छन् । सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एउटा सुदृढ राष्ट्रिय शक्ति निर्माण गर्न एमालेलाई जिताउनुपर्ने बताएका हुन्

भगवती चौधरीलाई भोट माग्दै ओलीले एमालेलाई जिताए सुनसरीको विकासले गति लिने दावी गरे।

विजयी कुमार गच्छदारप्रति लक्षित गर्दै जिते पनि उनी लुकेर हिंड्ने बताए । ओलीले भने, ‘माथि पठायो लुकेर हिँड्छ । कोसँग लुक्छ, हवलदारसँग लुक्छ । मुद्दा लाग्छ, भागेर हिंड्छ ।’

लोसपा यो पटक राष्ट्रिय पार्टीमा नआउने दावी गरे।  ओलीले भने, ‘माओवादी अघिल्लो चुनावमा सिद्धिन आटेको थियो । मैले औंलो समातेर चुनावको खोलो तारिदिए । घरमा आगो लगाएर कांग्रेसको पिढीमा बास बस्न गयो । अब त्यो माओवादी आफै ५/७ सिट ल्याउँछ कि ल्याउँदैन । त्यस्ता ढोड्केको लौरो टेकेर चुनावको खोलो तर्छु भनेर हिँडेको छ कांग्रेस ।’

सेटिङबाट धरौटीमा छुटेकोलाई कांग्रेसले उम्मेदवार बनाएको ओलीको आरोप छ । उनले पाँचपटक शेरबहादुर देउवा प्रधानमन्त्री भएपनि देशका लागि केहि काम नगरेको
बताए।

ओलीले देशलाई शान्ति र विकास आवश्यक रहेको औंल्याए।

प्रतिक्रिया दिनुहोस्