Ad imageAd image

रुपन्देहीमा वडा अध्यक्षको गाडी खानतलासी, प्रहरीकै गतिविधि संकास्पद

खबर खुराक
खबर खुराक ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

भैरहवा । वडाध्यक्षको गाडी संकास्पद भएको भन्दै रुपन्देही प्रहरीले मध्यरातमा चेकजाँच तथा खानतलासी गरेको छ । रुपन्देहीको सियारी १ का वडाध्यक्ष एवं राप्रपाका नेता समेत रहेका अरुण शाहीले प्रयोग गर्ने बा १६ च २३६३ को गाडीमा शंकास्पद वस्तु भएको भन्दै वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरिक्षक मधु नेपालको नेतृत्वमा गएको टोलीले मध्यरातमै खानतलासी गरेको हो ।

चिल्हीया घरमा पार्किङ गरेर राखेको गाडी खानतलासी गर्दा भने केही नभेटेपछि प्रहरी फर्केको थियो ।  शाहीको सवारी चेकजाँचगर्दा उनी घरमा थिएनन् । राप्रपा नेता निरन्जन थापाले प्रहरी दबाब र प्रभावमा परेर कानुनविपरीत काम गरिरहेको बताए  । उनीहरुले प्रहरीकै गतिविधि संकास्पद भएको भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्