Ad imageAd image

विप्लवलाई प्रयोग गरेर एमालेले बम विस्फोट गरायो-सुदन किराँती को भनाइ

खबर खुराक
खबर खुराक ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

नेकपा माओवादी केन्द्रका प्रस्तावित पोलिटब्यूरो सदस्य सुदन किरातीले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपालाई प्रयोग गरेर एमालेले बम विस्फोट गराएको आरोप लगाएका छन् । भोजपुरको तिवारी भन्ज्याङमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम राखिएको स्थानमा बम विस्फोट भएपछि किरातीले यस्तो बताएका हुन ।

हामीले तिवारी भन्ज्याङमा चुनावी सभा राखेका छौं । कार्यक्रम नजिक एक जना भाइले बोकेको बम विस्फोट भयो । विचरा भाइ अहिले घाइते भएपछि प्रहरीले  पक्राउ गरिसक्यो’ रातोपाटीसँग कुरा गर्दै किरातीले भने,‘चुनावमा हार्ने भएपछि एमालेले जहिलै यस्तै यस्तै घटना घटाउँछ । त्यस्ता क्रियाकलापको घोर भर्त्सना गर्दछु ।’
अहिले ताप्लेजुङको चुनावीसभा सकेर प्रचण्ड सहितको नेताहरु भोजपुरको तिवारी भन्ज्याङ प्रचण्डसहित गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्न आउने भएका छन् । भोजपुरबाट किराँती गठबन्धनबाट उम्मेदवार भएपछि एमालेका शेरधन राईबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।​

प्रतिक्रिया दिनुहोस्