लमजुङ–२ : कृष्णप्रसाद र भेषबहादुरबीच कडा प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

खबर खुराक
खबर खुराक १ मंसिर २०७९, बिहीबार
4 Min Read
Aa

अधिकारीसँग नेपाली कांग्रेसबाट निवर्तमान जिल्ला सभापति भेषबहादुर पौडेलले प्रतिस्पर्धा गर्दैछन् । प्रदेश सांसदमा उनको पनि डेब्यू हो । यसअघि पटक–पटक जित्दै आएको कांग्रेसको साख जोगाउने जिम्मेवारी उनको काँधमा छ ।

बेंसीसहर : लमजुङको क्षेत्र नं. २ मा नेकपा एमालेबाट पहिलो पटक नयाँ अनुहार निर्वाचनमा लड्दैछन् । यसअघि सात पटकसम्म नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ लगातार उम्मेदवार बन्दै आएको यो क्षेत्रमा यसपटक जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले डेब्यू गर्दैछन् ।

सातपटकमा गुरुङले दुईपटक मात्र जित निकाले । पहिलो संविधानसभा निर्वाचन २०६४ मा नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई र ०७४ को निर्वाचनमा बाम गठबन्धनबाट कृष्णप्रसाद अधिकारीलाई गुरुङले पराजित गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री भइसकेका पार्टीका उपमहासचिव गुरुङ यसपटक पनि प्रदेशमा दोहोरिन चाहन्थे । तर, पार्टीले उनलाई प्रतिनिधिसभामा र जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई प्रदेशमा टिकट दियो । ०५४ मा तत्कालिन उदिपुर गाविस अध्यक्ष जितेका अधिकारी यसपटक प्रदेशसभामा छिर्न चुनावी मैदानमा छन् । उनलाई अघिल्लो पटक गुरुङले जितेको साख जोगाउनुपर्नेछ ।

दुवै स्थानीय भएकाले चुनावी प्रतिस्पर्धा रोमाञ्चक बन्ने भएको छ । स्थानीय तह निर्वाचनमा नेकपा एमालेले बेंसीसहर नगरपालिकाको प्रमुख र उपप्रमुख, सुन्दरबजार र मध्येनेपाल नगरपालिकामा उपप्रमुख र क्व्होलासोथार  गाउँपालिकामा क्ल्निस्वीप गरेको थियो।

अधिकारीसँग नेपाली कांग्रेसबाट निवर्तमान जिल्ला सभापति भेषबहादुर पौडेलले प्रतिस्पर्धा गर्दैछन् । प्रदेश सांसदमा उनको पनि डेब्यू हो । यसअघि पटक–पटक जित्दै आएको कांग्रेसको साख जोगाउने जिम्मेवारी उनको काँधमा छ ।

लमजुङ–२ मा तीन नगरपालिका र एक गाउँपालिका पर्छन् । बेसीसहर नगरपालिका, सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका र क्व्होलासोथार गाउँपालिका । तीन पालिकाका सबै वडा र बेसीसहर नगरपालिकाको १० र ११ नं. वडा बाहेकका ९ वटा वडा यस क्षेत्रमा पर्छन् । यस क्षेत्रमा कूल ६९ हजार ९ सय ८४ मतदाता छन् ।

दुवै उमेदवार बेसीसहर नगरपालिकाका स्थानीय हुन् । लमजुङमा सबैभन्दा धेरै मत यही पालिकामा छ । दुवै स्थानीय भएकाले चुनावी प्रतिस्पर्धा रोमाञ्चक बन्ने भएको छ । स्थानीय तह निर्वाचनमा नेकपा एमालेले बेंसीसहर नगरपालिकाको प्रमुख र उपप्रमुख, सुन्दरबजार र मध्येनेपाल नगरपालिकामा उपप्रमुख र क्व्होलासोथार  गाउँपालिकामा क्ल्निस्वीप गरेको थियो । गठबन्धनबाट नेपाली कांग्रेसले मध्येनेपाल र सुन्दरबजार नगरपालिका प्रमुखमा जित निकालेको थियो ।

बेंसीसहर र क्व्होलासोथारमा गरेर एमाले ३ हजार ३ सय भन्दा बढी मतले अगाडि छ । सुन्दरबजार र मध्यनेपालमा प्रमुखले पाएको मतमा नेपाली कांग्रेस ९ सय ४२ मतले मात्र अगाडि छ । स्थानीय तहको मतलाई आधार मान्ने हो भने यसपटक एमाले उम्मेदवार कृष्ण अधिकारीलाई जीत निकाल्न सजिलो देखिन्छ ।

तर, कांग्रेस उम्मेदवार पौडेल बेंसीसहर बजारकै भएकाले उनले स्थानीय तहमा भन्दा मतभार बढाउन सक्ने मतदाताहरुको आंकलन छ । यदी पौडेलले बेंसीसहरबाट मत बढाएर अघि बढे र अन्य पालिकामा पनि सुधार गरे भने अधिकारीका लागि चुनौती हुनसक्छ ।

एमाले उम्मेदवार अधिकारी र कांग्रेसका पौडेल दुवै युवा हुन् । दुवै राजनीतिसँगै सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशिल छन् । प्रजातान्त्रिक युवा संघको अध्यक्ष, पार्टी सचिव हुँदै जिल्ला अध्यक्ष बनेका अधिकारी कानुन व्यवसायी पनि हुन् । उनले चार कार्यकाल जिल्ला बार ईकाईको अध्यक्ष भएर काम गरिसकेका छन् ।

तरुण दलको अध्यक्ष हुँदै पार्टी सभापति भइसकेका पौडेल उद्योग व्यवसायमा परिचित छन् । जिल्लामा रिसोर्ट सञ्चालन गरेका पौडेलले उद्योग बाणिज्य संघको अध्यक्ष भएर काम गरिसकेका छन् ।

अधिकारीले ०५४ मा गाविस अध्यक्ष बनेर काम गरिसकेका छन् भने पौडेल ०७० को स्थानीय निर्वाचनमा बेसीसहर नगरपालिकाको प्रमुखमा पराजित भएका थिए । युवाहरुमाझ लोकप्रिय र पार्टीमा राम्रो छवि बनाएका यी दुई उम्मेदवारमध्ये प्रदेशसभामा छिर्ने सौभाग्य कसले पाउँछन्, त्यसका लागि मंसिर ४ नै कुर्नुपर्नेहुन्छ ।

प्रतिक्रिया दिनुहोस्