Ad imageAd image

रविन्द्रलाई समर्थन गर्ने सम्भावना छैन :एमाले उम्मेदवार किरणको स्पष्टीकरण

खबर खुराक
खबर खुराक १ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

१ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार किरण पौडेलले आफूले कुनै उम्मेदवारलाई समर्थन नगर्ने प्रष्ट पारेका छन् ।

निर्वाचन प्रचारको अन्तिम समयमा आफूले राप्रपाका रवीन्द्र मिश्रलाई समर्थन गर्छ भनेर भ्रम फैलाइएको उनले बताए ।

‘रवीन्द्र मिश्रलाई समर्थन गर्छ भन्ने भ्रम फैलाउने काम भएको छ,’ बिहीबार पत्रकार सम्मेलन गरेर उनले भने, ‘म सदनमा छिरिसकेपछि रवीन्द्र मिश्रजीले सञ्चार नीति कस्तो बनाउने भनेर सहयोग गर्नुहोला । अहिले अरु केही छैन ।

एमाले र राप्रपाबीच केही स्थानमा तालमेल भएको भएपनि काठमाडौं १ मा कुनै सहमति नभएको भन्दै उनले यसबारे आफ्नै अध्यक्ष राजेन्द्र लिङ्देनलाई सोध्न मिश्रलाई आग्रह समेत गरे ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्