Ad imageAd image

काठमाडौंमा भूमिहीन सुकुमबासीको खबरदारी र्‍याली

खबर खुराक
खबर खुराक १ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : आफूहरुलाई जबरजस्ती हटाउन पटकपटक सूचना प्रकाशित गरेको भन्दै भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोबासीलगायतले काठमाडौंमा खबरदारी र्‍याली निकालेका छन्।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल सुकुमबासी व्यवस्थापन संघलगायत दर्जन बढि संघसंगठनहरुको अगुवाईमा माइतीघरदेखि बानेश्वरसम्म खबरदारी र्‍याली निकालिएको हो ।

आफूहरुलाई प्रमाणित हुने समय समेत नदिइ अल्टिमेटम दिएको, बसोबासको ग्यारेन्टी नगरिएको र आफूहरुको बाँच्ने अधिकार खोस्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

र्‍यालीमा सहभागीहरुले सुकुमबासीको उचित व्यवस्थापन गर, भूमिहिन एक हौं, हामी न्याय चाहन्छौंलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । समितिले केहि दिन अघि सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गर्दै नहटाए बल प्रयोग गरेर हटाउने चेतावनी दिएको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्