पम्फालाई भारी मतले हराउँदै ललितपुरबाट तोसिमा कार्की विजयी

खबर खुराक
खबर खुराक ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका डा तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । तोसिमाले ३१ हजार १३६ मतसहित संसदमा पुगेकी हुन् ।  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाउँदा ऊर्जामन्त्री एवं माओवादी उपमहासचिव पम्फा भुसालले तेस्रोमा झरिन् । उनले ८ हजार ७६९ मत मात्र पाइन् ।

तोसिमाको जितसँगै स्वतन्त्र पार्टीले पाँच सिट ल्याएको छ । ०७४ को निर्वाचनमा भुसाल यस क्षेत्रबाट विजयी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्