काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमदेवार रामप्रकाश चौधरी विजयी भएका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
बिहीबार सार्वजनिक अन्तिम मतपरिणामानुसार चौधरीले २४ हजार तीन मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत पाए । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी (जसपा)का उमेदवार प्रमोद साहले १४ हजार २५५ मत ल्याए ।
प्रतिक्रिया दिनुहोस्