सन्धिखर्क: सन्धिखर्क नगरपालिकामा किसानलाई मागको आधारमा च्याउको बीउ र प्रांगारिक मल वितरण गरिएको छ ।
सन्धिखर्क नगरपालिकाको कृषि शाखाले किसानलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ र प्रांगारिक मल वितरण गरिएको शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए। किसानको माग संकलन गरी सोही अनुसार मल तथा बीउ वितरण शुरु गरिएको शाखा प्रमुख भट्टराइको भनाइ छ।
वितरण कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्यले व्यवसायिक उत्पादनमा लागि आयआर्जनमा लाग्न किसानलाई आग्रह गरे। उत्पादन बिना आर्थिक समृद्धि नहुने बताउँदै उनले व्यवसायिक रुपमा कृषि पेशामा लाग्ने किसानलाई नगरपालिकाले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताइन ।
प्रतिक्रिया दिनुहोस्