Ad imageAd image

८० वर्षीय केसीको चौथो पटकको संसद यात्रा

खबर खुराक
खबर खुराक १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

पाँच दलीय गठबन्धनका साँझा उम्मेदवार बनेका केसीले सहज रुपमा विजयी हुने आँकलन गरिएको भएपनि निकै सकसका साथ जित निकाले । केसीले २१ हजार ४ सय ५१ मत ल्याएर निर्वाचित भए भने निकटतम प्रतिस्पर्धी पाठकले १८ हजार ८२५ मत ल्याए ।

बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चौथो पटक संसदको यात्रा तय गरेका छन् । ८० वर्षय केसी बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रत्यक्ष तेस्रो र समानुपातिक एकपटक गरी चौथो पटक संसदको यात्रा तय गरेका हुन् ।

तेस्रो कार्यकाल सम्पन्न गरेपछि संसदीय राजनीतिमा एक कार्यकाल विश्राम लिएका केसी पुनः मैदानमा आएपछि सबैले चासोका साथ हेरेका थिए। २०५० मा पराजित भएका केसी २०५६ र २०६४ को चुनाव प्रत्यक्षबाट र २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका थिए ।

केसीले चौथो पटक संसदको यात्रा तय गर्दा नेकपा एमालेका डा. सूर्यप्रसाद पाठकलाई पराजित गरे । पाँच दलीय गठबन्धनका साँझा उम्मेदवार बनेका केसीले सहज रुपमा विजयी हुने आँकलन गरिएको भएपनि निकै सकसका साथ जित निकाले । केसीले २१ हजार ४ सय ५१ मत ल्याएर निर्वाचित भए भने निकटतम प्रतिस्पर्धी पाठकले १८ हजार ८२५ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्