Ad imageAd image

लगातार दोस्रो जितको खोजीमा पोर्चुगल

खबर खुराक
खबर खुराक १२ मंसिर २०७९, सोमबार
3 Min Read
Aa

काठमाडौं । कतार विश्वकपअन्तर्गत आज हुने समूह ‘एच’को खेलमा उरुग्वेविरुद्ध मैदान उत्रँदा पोर्चुगल लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ

कतारको लुसैल रंगशालामा हुने खेलमा उरुग्वेविरुद्ध पोर्चुगललाई पछिल्लो विश्वकपको प्रि–क्वार्टरफाइनलमा बेहोरेको हारको बदला लिने सुनौलो मौकासमेत हुनेछ । सन् २०१८ को विश्वकपमा उरुग्वेले अन्तिम–१६ को खेलमा २–० ले पराजित गर्दै पोर्चुगललाई घर फर्काएको थियो । जहाँ दुवै गोल एडिन्सन काभानीले गरेका थिए ।

पोर्चुगलले समूह चरणको पहिलो खेलमा घानालाई ३–२ ले पराजित गरेको थियो । घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका कप्तान क्रिस्टियानो रोनाल्डो यो गोलसँगै विश्वकपको पाँच फरक संस्करणमा गोल गर्ने एकमात्र खेलाडी बनेका थिए ।

फर्नान्डो सान्तोषको प्रशिक्षणमा रहेको पोर्चुगलले सन् २०१४ पछि समूह चरणको खेलमा हार बेहोरेको छैन । पोर्चुगल २०१४ को समूह चरणमा जर्मनीसँग पराजित भएको थियो ।

- Advertisement -
Ad image

काठमाडौं । कतार विश्वकपअन्तर्गत आज हुने समूह ‘एच’को खेलमा उरुग्वेविरुद्ध मैदान उत्रँदा पोर्चुगल लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ ।

कतारको लुसैल रंगशालामा हुने खेलमा उरुग्वेविरुद्ध पोर्चुगललाई पछिल्लो विश्वकपको प्रि–क्वार्टरफाइनलमा बेहोरेको हारको बदला लिने सुनौलो मौकासमेत हुनेछ । सन् २०१८ को विश्वकपमा उरुग्वेले अन्तिम–१६ को खेलमा २–० ले पराजित गर्दै पोर्चुगललाई घर फर्काएको थियो । जहाँ दुवै गोल एडिन्सन काभानीले गरेका थिए ।

पोर्चुगलले समूह चरणको पहिलो खेलमा घानालाई ३–२ ले पराजित गरेको थियो । घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका कप्तान क्रिस्टियानो रोनाल्डो यो गोलसँगै विश्वकपको पाँच फरक संस्करणमा गोल गर्ने एकमात्र खेलाडी बनेका थिए ।

फर्नान्डो सान्तोषको प्रशिक्षणमा रहेको पोर्चुगलले सन् २०१४ पछि समूह चरणको खेलमा हार बेहोरेको छैन । पोर्चुगल २०१४ को समूह चरणमा जर्मनीसँग पराजित भएको थियो ।

यता, उरुग्वे पहिलो खेलमा दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको थियो । यसैकारण पनि आजको खेलमा दुई पटकको विश्वविजेता उरुग्वे अन्तिम–१६ को सम्भावनालाई बलियो बनाउँन जितको खोजीमा हुनेछ ।

उरुग्वेले विश्वकपको समूह चरणका पछिल्लो पाँच खेलमा कुनै गोल बेहोरेको छैन । उरुग्वेले यसअघि इटाली, इजिप्ट, साउदी अरेबिया र रसिया र गत बिहीबार दक्षिण कोरिया गरी पाँच टिमसँग नै गोलरहित बराबरी खेलेको छ ।

समूहमा तीन अंक जोडेको पोर्चुगल तालिकाको शीर्ष स्थानमा छ । एक अंक जोडेको उरुग्वे तेस्रो स्थानमा छ । आजको खेलमा जित निकाले पोर्चुगलको अन्तिम–१६ यात्रा लगभग पक्का गर्नेछ ।

लुसैल रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्