प्रधानमन्त्रीलाई भेटे प्रचण्ड र नेपालले

खबर खुराक
खबर खुराक १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । सत्ता साझेदार दलका दुई शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

आज बिहान बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति रहेका देउवासँग भेट गरेका हुन् ।

निर्वाचनको मत परिणाम आएसँगै नयाँ सरकार गठन लगायतका विषयमा शीर्ष नेताहरूले कुराकानी भएको बताइएको छ ।

उनीहरुबीच अहिलेकै गठबन्धनलाई कायम गर्दै नयाँ सरकार बनाउने तयारी छ ।

आज बिहान बालुवाटार पुगेर दुबै नेतासँग प्रधानमन्त्री देउवाले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्