Ad imageAd image

तीनदिनदेखि रोकिएको सुनसरी-४ को मतगणना सुचारु गर्न सर्वदलीय बैठक बस्दै

खबर खुराक
खबर खुराक १३ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

धरान : तीनदिनदेखि रोकिएको सुनसरी-४ को मतगणना आजबाट सुरु हुने भएको छ। निर्वाचन आयोगले मत गणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीलाई निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुचारु गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले बताए।

मत गणनामा खटिएका कर्मचारीले ६ सय ६ काल्पनिक मत एमाले उम्मेदवार जगदीश कुसियतको गणना गरेको आरोप लगाउँदै कांग्रेसले विरोध गरेपछि मतगणना रोकिएको थियो।

यस क्षेत्रमा एमालेका कुसियत र संचारमन्त्री समेत रहेका कांग्रेसका ज्ञानेन्द्र कार्की चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेस सुनसरी क्षेत्र नम्बर-४ का निर्वाचन परिचालन समितिका संयोजक रेवति दुलालले काल्पनिक ६०६ मत क्यान्सिल गर्ने गन्न बाँकी रहेको मत गणना गर्ने तयारी भैरहेको बताए।

प्रमुख जिल्ला अधिकारी यादबले सर्वदलीय बैठकबाट सहमति गराइ मत गणना सुरु गर्ने बताए। उनले विवमद बढेका कारण मतगणना स्थल इनरुवाको भगवती मावीमा प्रयाप्त सुरक्षाकर्मी परिचालन गरिएको बताए।

- Advertisement -
Ad image

अहिलेसम्म गरिएको मत गणनामा कांग्रेसका कार्कीले २३ हजार ४३९ मत र एमालेका कुसियतले २३ हजार ३४१ मत प्राप्त गरेका छन्। कार्की ९८ मतले  अगाडि छन्।  ६० हजार मतगणना सम्पन्न भएको र २१ हजार मतगणना गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्