Ad imageAd image

सर्वोच्चको गेटमा रातो रंग फ्याँकेपछि बिनु यादव प्रहरी नियन्त्रणमा केही तस्बिरहरु सहित

खबर खुराक
खबर खुराक १३ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

आफूलाइ घरेलु हिंसा पिडित भनेर बताउँदै आएकी बिनु यादवले सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

रामेछापको मन्थलीका प्रदीप कठायतले बिनुसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए। अदालतले सम्बन्ध विच्छेदको फैसला सुनाएपछि अदालत परिसरमै विष सेवन गरेपछि बिनु चर्चामा आएकी थिइन्।

बिनुले प्रदीपका काका व्यवसायी पवन कठायत विरुद्ध गत बैशाख ७ गते बलात्कारको प्रयास गरेको भन्दै साउन १५ गते जिल्ला अदालत रामेछापमा मुद्दा दर्ता गरेकी थिइन्। भदौ २१ गते जिल्ला अदालत रामेछापकी न्यायाधीश इन्दिरा शर्माको इजलासले कठायतलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो।

त्यसमा असन्तुष्टि जनाउँदै कठायत उच्च अदालत गएका थिए। प्रदीपसँगको प्रेम सम्बन्धपछि विवाह गरी मन्थली पुगेकी बिनुले आफू माथि घरेलु हिंसा भएको बताउँदै आएकी छिन्। उनले जिल्ला न्यायाधीशले पैसा खाएर सम्बन्ध विच्छेदको फैसला गरेको सार्वजनिक रूपमा बताउँदै आएकी थिइन्।

- Advertisement -
Ad image

सम्बन्ध विच्छेदको फैसला भएपछि त्यसको प्रतिशोध साँध्न बिनुले बलात्कार प्रयासको मुद्दा दर्ता गरेको पवनको आरोप थियो। बिनु भने आफू अन्यायमा परेको बताउँदै जीवन रहेसम्म लडिरहने बताउँदै आइरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्