सुनसरी ४ मा मतगणना सुरु

खबर खुराक
खबर खुराक १३ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

सुनसरी : ३ दिनदेखि रोकिएको सुनसरी-४ को मतगणना सुरु भएको छ।

निर्वाचन आयोगले मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीलाई निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो।

सबै राजनीतिक दलहरूका प्रतिनिधि, प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई सहमति गराई मतगणना थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्।

मतगणनामा खटिएका कर्मचारीले ६ सय ६ मत एमाले उम्मेदवार जगदीश कुसियतको गणना गरेको आरोप लगाउँदै कांग्रेसले विरोध गरेपछि मतगणना रोकिएको थियो।

यस क्षेत्रमा एमालेका कुसियत र सञ्चारमन्त्री समेत रहेका कांग्रेसका ज्ञानेन्द्र कार्की चुनावी प्रतिस्पर्धामा छन्। अहिलेसम्म गरिएको मतगणनामा कांग्रेसका कार्कीले २३ हजार ४३९ मत र एमालेका कुसियतले २३ हजार ३४१ मत प्राप्त गरेका छन्। कार्की ९८ मतले  अगाडि छन्।

६० हजार मतगणना सम्पन्न भएको र २१ हजार मतगणना गर्न बाँकी रहेको बताइएको छ। यता सुनसरी- ३ को मतगणना अन्तिम चरणमा पुगेको छ।

एमालेकी भगवती चौधरी विजय नजिक छन्। २०४८ सालदेखि लगातार विजय हासिल गर्दै आएका कांग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदारको विजय यात्रामा पूर्णविराम लाग्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्