काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धाँधली भएको भन्दै आपत्ती जनाएका छन्। चुनाव निर्भयी,निष्पक्ष वातावरणमा हुनुपर्नेमा त्यसो हुन नसकेको ओलीको भनाइ छ।
पार्टी कार्यालय ललितपुरको च्यासलसमा मंगलबार एमालेको भातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चको शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचनको समयमा केही ठाउँमा आतंकको वातावरण सृजना भएकाले जनताले आफ्नो अभिमत प्रकट गर्न नपाएको गुनासो गरे।
‘निर्वाचन भनेको निर्भय वातावरणमा जनताले आफ्नो अभिमत प्रकट गर्न पाउनुपर्छ। त्यो अभिमत जनताले प्रकट गर्न पाएनन्,’उनले भने,’ बुथ कब्जा, मान्छे मारिए, गोली फायरिङ, मैदानमा कोही छैन। खाली मैदानमा प्रहरीलाई फायर गर्न लगाइयो।’
राज्यको काम शान्ति सुव्यस्था कायम गर्ने,जनतालाई सुरक्षा दिनुपर्ने भन्दै ओलीले देउवा सरकारले आतंक मच्चाउने काम गरेको बताए। उनले भने,’ राज्यको काम शान्ति सुव्यवस्था कायम गर्ने हो। यहाँ राज्य लुटेराको रुपमा देखिएको छ। यो सरकारले लोकतन्त्रको चीरहरण गरेको छ। शान्ति खल्बल्याएको छ।’
बाजुरा,स्याङजा र दोलखामा निर्वाचनमा विवाद देखिएपछि अनिश्चित भएको छ।
प्रतिक्रिया दिनुहोस्